Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दुत्वका लागि कडा आन्दोलन

२९ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

काठमाडौं, जेठ २७ गते । राष्ट्रिय एकता अभियान सर्वपक्षीय नागरिक दवाब समुहले र अन्तर्रार्िष्ट्रय हिन्दु जनजागरण गौ रक्षा अभियानले वैद्धिक सनातन हिन्दु राज्य पुन:स्थापनाको लागि कडा आन्दोलन गर्ने घोषणा गरेको छ । यसका अभियन्ता छन्, पुराना कांग्रेसी हरिबोल भट्टराई । पहिले खुमबहादुर थिए, सेलाए। अहिले हरिबोल अघि सरेका छन्, कति दिनपछि सेलाउने हुन् ?
हरिवोल भट्टराईले रिपोर्टर्स क्लवमा उभिएर आरोप लगाए– संविधानले ९४ प्रतिशत हिन्दुहरूको भावनामाथि कुठाराघात गरेको छ । हिन्दू राष्ट्र पुर्नस्थापनाको लागि कडा आन्दोलन नगरी भएन । हामी कडा आन्दोलन गर्ने तैयारीमा छौं । अवको आन्दोलन बिचैमा रोकिन्न । आगामी साउन ८ गतेदेखि भारतको हरिद्धारदेखि पशुपतिनाथसम्मको राष्ट्रिय एकता सर्वपक्षिय संकलप यात्रा हुनेछ, त्यसले नेपाललाई हिन्दुराष्ट्र कायम गराउनको लागि माहोल निमार्ण गर्नेछ, नेपाल भारतका हरिद्धारको गंगा, जमुना ब्रम्हपुत्र, कावेरी, सरयू आदी र नेपालका प्रवित्र सम्पूर्ण नदी गंगा नदी जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी बनकालीमा विराट धर्मसभाको आयोजना गरिनेछ । उक्त धर्मसभालाई नेपाल र भारतका प्रसिद्ध हिन्दूवादी अभियन्ताहरुले सम्बोधन हुनेछ । हरिबोल भट्टराईको यस्तो घोषणाले हिन्दुधर्म चाहिन्छ भन्नेहरु एकाएक हर्षित र उत्साहित हुनपुगेका छन् ।
यही मञ्चबाट बोल्बम कवरीया संघका अध्यक्ष रामआज्ञा साहले राष्ट्रिय एकता संकल्प यात्रामा २ लाख हिन्दु उतार्ने बताए । चक्रदेव जोशीले नेपालको संविधान २०७२ को धारा ४ मा नेपाललाई धर्म निरपेक्षता बनाउनको लागि बाटो खोलेको छ, हिन्दुराष्ट्र कायम गर्नको लागि खारेजीको माग नभएसम्म हाम्रो यो आन्दोलन रोकिने छैन । कार्यक्रममा पिछडा वर्ग महासंघका अध्यक्ष राम प्रवोध महतो, हिन्दु बाहिनी नेपालका अध्यक्ष ज्ञानेन्द्रराज भट्ट, लोककल्याणकारी जनता पार्टीका उपाध्यक्ष हरिराज बगाले, संकटमोचन हनुमान मन्दिर सेवा समितिका अध्यक्ष स्वामी सेवक लगायतले हिन्दुराष्ट्र घोषणा गराउने गराउने भनेका थिए ।
हरिबोल भट्टराईका अनुसार अभियानको उद्घाटन उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवम् नेपाल–भारत प्रवुद्ध समूहका संयोजक सांसद भगतसिंह कोशियारी र भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, पतञ्जली योगपीठका महामन्त्री आयुर्वेद विश्वशिरोमणी आचार्य बालकृष्ण जी महाराजले संयुक्त रुपमा गर्नेछन् ।
आश्चर्य,नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानको उद्घाटन भारतीयले गर्ने ?