Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चुनावका दिन आमहड्ताल

२९ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

वाशुदेव वाग्ले- 
चुनावको प्रकृया सुरु हुँदा लाठी जुलुस निकाल्नेहरुले असार १४ गते चुनावका दिन बन्दुक जुलुस निकाल्ने ? २० वर्षपछि चुनाव हुन गइरहेको छ र संविधानअनुसार स्थानीय निकायलाई साह्रै शक्तिशाली बनाइएको छ । यस्तो अवसर नछापेर मधेसी नेताहरु जनतालाई लाठी बोकाएर जुलुस निकाल्न लगाइरहेका छन् । साँझ परेपछि मसाल जुलुस यिनैलाई बोकाइरहेका छन् । एक मधेस नभए एक नेपाल रहन्न भन्ने अतिवादी नारा पनि सिकाइरहेका छन् । मधेसी नेताहरुले खोजेको के हो ?
    अधिकार स्थापित गर्ने र नपाएका र पाउनैपर्ने अधिकारहरु शनै:शनै स्थापित गर्दैजाने अवसरलाई पनि मधेसी नेताहरु बुझिरहेका छैनन् । कसको बलमा ? कसको सल्लाहमा ? ठाढै विदेशीसँग सहकार्य गर्छौं भन्ने हिम्मत राजपाका नेताहरुले देखाउन थालिसकेका छन् । योभन्दा दुर्भाग्य के हुनसक्छ ? किनभने यसो भन्नु नै राजपाका नेताहरु नेपाली तत्व कम, विदेशी कामदार बढी हुन् भन्न सकिन्छ ।
मधेस नेपाल हो । नेपालको अखण्डताका लागि सेनाले बोलिसकेको छ । अखण्डताविरुद्ध कुनै पनि सहनशक्ति रहनेछैन भनिसकेको छ । राजपाका नेताहरुले र नेपाल सरकारले बुझ्नुपर्छ, नेपाली सेनाले के भन्यो, देशको आवश्यकता के हो भनेर ?