वाशुदेव वाग्ले -
विप्लवले अर्को चर्को भाषण गरेका छन् : प्रचण्डले ४ अर्व भ्रष्टाचार गरेका छन्, सकडमा ल्याएर कारवाही गर्छौं । भाषण गर्न सजिलो छ, आरोप लगाउन पनि सहज छ । कारवाही गर्न मुस्किल । विप्लवलाई थाहा छ, सक्लान् ?
नेत्रविक्रम चन्द विप्लवले नेपाली जनप्रगतिशील मोर्चा कतारको अधिवेशनमा यस्तो उद्घोष गरेका हुन् । उनले भूकम्पपीडितको राहतमा घोटाला गर्ने, जनसेनाको ४ अर्व खानेलाई सडकमा ल्याएर कारवाही गरिनेछ भनेछन् । वाह, विप्लवजी, आफ्ना विगतका भाषणाहरु पनि हेर्ने र पढ्ने गर्नुहोला, आफूले के के बोलिएछ र केही पनि गर्न सकिएनछ भन्ने ज्ञान हुनेछ र पछि पछिका लागि अड्कलेर बोल्न शिक्षा मिल्नेछ ।
अधिवेशनबाट समानान्तरभन्दा पनि अझ अगाडि बढेर बैकल्पिक सरकार चलाउने भनेकै हो । सुन्नमा आएअनुसार ४० जिल्लामा बैकल्पिक स्थानीय सरकार गठन गरेको पनि हो । के गर्दैछन् ती सरकार ? बैकल्पिक सरकारको हैसियत, आँट स्थापित गर्न सके कि सकेनन् ? कि अझै प्रचण्डसँगै मिलेर अघि बढ्नका लागि चर्को भाषण गरेको हो ? प्रश्न अनेक छन् र जनजिविकाका लागि विप्लवले कुनै ठोस निर्णय गरेको देखिदैन । स्थानीय चुनावको विरोध पनि अर्थपूर्ण रहेन । बिस्तारै संसदीय फाँटमै अवतरण पो गर्ने हो कि ? प्रश्न अनेक छन् है ।


