Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

ब्यालेटको सदुपयोग गरौं

२२ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हातमा आएको ब्यालेटके सदुपयोग गर्न मधेसी दलहरुलाई आग्रह गरेका छ्न ।
मधेशी जनताका लागि स्थानीय निकाय महत्वपूर्ण अवसर भएको बताउँदै उनले भने ‘मधेशी जनताको हातमा अहिले ब्यालेट आएको छ, त्यसैले ब्यालेटको सदुपयोग गरेर देखाउनु जरुरी छ । ब्यालेटका माध्यमबाट मधेसका हक, अधिकारका कुरा स्थापित गर्न सकिनेछ ।’
वर्तमान स्थानीय तहमा अत्याधिक अधिकार प्रत्यायोजित गरिएको दावी गर्दै फोरम अध्यक्ष यादवले मधेशी जनतालाई चुनावमा भाग लिएर अधिकार आफ्नो हातमा लिन चुक्नु नहुने बताए । मधेशको स्थानीय सत्ता मधेशीको हातमा दिन चुनावलाई उपयोग गर्दै अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाउनका लागि चुनावको सदुपयोग गर्नैपर्छ ।
मधेस आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न तथा मजबूत रुपमा उपस्थिति देखाउनकै लागि चुनाव महत्वपूर्ण माध्यम हो भनेर उपेन्द्र यादवले सबैलाई आग्रह गरिरहेका छन् ।