काठमाडौं । निर्वाचन आयोगले राप्रपाको अधिवेशनबाट पारित गरेर अंगीकार गरेर विधानमा रहेको राजतन्त्र र हिन्दुराष्ट्र डिलिट गरिदिएको थियो ।
राप्रपाले आन्दोलन गर्यो र निर्वाचन आयोगले आफ्नो त्यो निर्णयलाई स्थगितमात्र गरेको थियो, राप्रपा आन्दोलन छाडेर स्थानीय तहको निर्वाचनमा होमियो । तर निर्वाचनमा पोर सो भएपछि राप्रपाको हारको कारण निर्वाचन आयोगको त्यही निर्णय जिम्मेवार देखियो । तैपनि राप्रपाले त्यता ध्यान किन दिएन ?


