Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दलाईका दूतको सक्रियता बढ्या

२२ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    काठमाडौं । थप १ हजार नयाँ तिवेतन शरणार्थी पसेपछि सरकारले १२ वर्ष अघि सन २००५ मा दलाई लामाको लाजिम्पाट स्थित खाङ्सारअर्थात उसको प्रतिनिधि कार्यालय र तिवेदन रिफुजी वेलफेयर अफिस बन्द गरेको थियो । त्यसपछि पनि पटक पटक दलाई लामाको जन्मदिन पारेर फ्रि तिब्बतका मामिला उठाउँदै आएका तिवेतियन शरणार्थीहरुलाई चीनको दबाबमा नियन्त्रणमा लिने र चीनविारेधी गतिविधिमा सक्रिय हुनबाट रोकिदै आएको थियो । हार खाएर दलाईका दुतसमेत चीनतिर सल्केको आरोप र प्रचार भइरहेको थियो ।
    दलाई लामाले जहाँ टेके, त्यहीँ पवित्र भन्ने मन्त्र
 जप्नेहरुले फेरि काठमाडौंदेखि मुस्ताङ र नेपालका चीनसँग जोडिएका सीमानाकाहरुमा सक्रियता बढाएका छन् ।
    यसैवीच भारतको धर्मशालामा जीवन बिताइरहेका दलाई लामाले नेपालमा किन आफ्ना क्रियाकलाप घट्यो भनेर समीक्षा गरेर फेरि चीनविरोधी गतिविधि बढाउने निर्णय गरेका छन् । छुल्टिम ग्याल्छोको नेतृत्वमा सक्रिय पारिएको टिमले काठमाडौंमा बैठक पछि बैठक गरिरहेको छ । चीनको दबाबमा गृहले दलाईका कुनै पनि चीनविरोधी गतिविधि नहोस् भनेर आग्रह गरिरहेको छ र नेपालले पनि त्यतातिर ध्यान दिएको छ । यद्यपि दलाई लामालाई भेट्ने गृहमन्त्री विमलेन्द्रले केही छुट दिएका छन्, अव गृह मन्त्रालय माओवादीले पाउने भएकाले को नियुक्त हुनेछ, उसको नीति हेर्नुपर्ने हुन्छ ।
    तथापि तिब्बतमा पुरानो पुस्तालाई धमाधम अन्य क्षेत्रका केटाकेटीको विवाह गराएर नयाँ पुस्ता तैयार गरिसकेकाले दलाई लामाको १९५९ को युग तिब्बतमा समाप्त भइसकेको विज्ञहरु बताउँछन् ।
    दलाई लामालाई अहिले पनि चीनलाई कमजोर पार्ने हतियारका रुपमा अमेरिकन, युरोपियनले लिएकाले त्यही बलमा नेपालबाट विद्रोह गराएर चीनको बढ्दो नयाँ सिल्क रोड र आर्थिक दबदबालाई कमजोर पार्न अव मुस्किल पर्नेछ ।
    तथापि मर्ता क्या नही कर्ता, दलाई लामा अझै नेपालमा शरणार्थी क्याम्प र गोप्य दूतावास खोलेर संगठन बिस्तारमा लागेका छन् । खम्पाकाण्ड त समाप्त पार्ने नेपाली सेनाले नेपालविरोधी कुनै क्रियाकलापलाई छुट देला र ? यति पनि नबुझ्ने....?े