Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

यो सत्यनिरुपण आयोग मान्दैनौं

११ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

यो सत्यनिरुपण आयोग मान्य छैन। यो निष्कर्ष हो नेकपा–माओवादीको। सचिव देव गुरुङले भनेका छन्– यो एकपक्षीय आयोग हो। द्वन्द्व व्यवस्थापन गर्न दुबैपक्षलाई मान्य हुने आयोग चाहिनछ, एकपक्षीय आयोग हामी मान्दैनौं। बल्ल बल्ल बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई नेकपा–माओवादीले इन्कार गरेपछि अर्को विवाद सुरु भएको छ। मोहन वैद्यले समयमै कानुन मन्त्रीलाई अवगत गराइसके पनि हाम्रो पक्षलाई किन बेवास्ता गरियो? देव गुरुङको प्रश्न छ। र, उनले आरोप लगाएका छन्– आफु र आफ्ना पुस्ताको बढी चिन्ता गर्ने प्रचण्ड, बाबुरामहरु यो मुद्दामा फेरि एकपटक चिप्लिएका छन्। स्मरणीय छ, अधिकारकर्मी सुदीप पाठकले यो समति द्वन्द्वकालीन मुद्दा उठाएर पूर्वाग्रह साध्ने हतियार बन्नसक्छ भनिसकेका छन्।