Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रधानमन्त्रीको आँसु

०८ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति विद्या भण्डारीको अभिव्यक्तिले भावुक बनाइदिएको छ । पुष्पकमल दाहालजस्ता क्रुर विगत बोकेका नेतालाई विद्या भण्डारीको प्रतिक्रियाले आँसु खसाल्न बाध्य पारिदिएको छ ।
    स्रोतका अनुसार राष्ट्रपतिले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित हुन्छ भन्ने जान्दाजान्दै निर्वाचन गराउने आँट गर्नुभयो, त्यो परिपक्व राजनीतिका लागि धन्यवाद छ भनेपछि प्रधानमन्त्री दाहाल भावुक बनेका हुन् ।
    त्यसपछि राष्ट्रपति भण्डारीले रनी राख्दै उक्साइन्, तपाईको यो निर्णयको मूल्यांकन इतिहासले गर्नेछ । प्रधानमन्त्रीको जानकारी र राष्ट्रपतिको प्रतिक्रिया, यी दुबै घटना शितल निवासको लागि पनि ऐतिहासिक भएको टिप्पणी गरेका छन् विश्लेषकहरुले ।