दीर्घराज प्रसाईं -
२०६३ सालपछि कांग्रेस (आई)ले कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई नेतृत्व तहमा पुर्याएर नेपालका पहिचान, एकता र सार्वभौमसत्तालाई चकनाचुर पार्न लागिपरेको थियो । कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ले जे जे चाहेको थियो यिनीहरुले यही काम गरे । नेपाललाई वरवाद गर्नमा त्योबेला भारत, अमेरिका, यूरोपियन राष्ट्रहरुको स्वार्थ मिलेको थियो । जुनदिनदेखि माओवादी, कांग्रेस, एमालेले भारतको दिल्लीमा १२ बुँदे सहमति गरेर जनआन्दोलनको घोषणा गरे त्यही बेलादेखि नेपालको सार्वभौमसत्ता खतरामा गरेको छ ।
२०७१ सालपछि भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदीे नेतृत्वको सरकार आएपछि अहिले माओवादीहरु भारतको लागि नैं घाँडो बनेका छन् । भाजपा सत्तामा रहेता पनि भारतीय गुप्तचर ‘रअ’ ले मोदी सरकारलाई पनि अनेकौं ललीपप देखाएर माओवादीका प्रचण्ड र बाबुराम भट्टराईलाई आफ्रनो पञ्जामा नैं राखेर उनीहरु मार्फत नेपालमा अस्तव्यस्त गराइरहने कूकर्ममा लागेको छ ।
नेपाल अस्थिर भए भारत पनि अस्थिर हुनसक्छ भन्ने कुरा मोदी सरकारले बुझेको हुनुपर्छ । सिक्किमका ल्याण्डुप पनि यस्तो लज्जास्पद रुपमा नाङ्गिएको थिएन । गल्ती गरेको थाहा पाएरै गिरिजाप्रसाद बदनाम भएर गए । माधव नेपाल, झलनाथ, सुशील कोइराला, शेरबहादुर देउवा, विजय गच्छेदारहरु, बाबुराम भट्टराई, प्रचण्डजीहरु भारतीय ढलमा परेर डुङडुङती गन्हाएका छन् । अव यो खतरनाक परिस्थितिबाट नेपाललाई बचाउन हिन्दु अधिराज्यलाई यथावत कायम गरी नेपाल डुब्नबाट बच्नुपर्छ ।


