Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बाबुरामले गरे हार स्वीकार

०१ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    काठमाडौं । मतदान सम्पन्न हुनासाथ मत गणनाका प्रक्रिया सुरु नहुँदै नयाँशक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा बैकल्पिक पार्टीका प्रभाव कम देखिने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिलाई हार स्वीकार गरेको रुपमा विश्लेषण गरिएको छ । डा.बाबुरामको ट्वीटरमा लेखिएको छ– ‘वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भएकोले स्थानीय निर्वाचनमा उसको कम प्रभाव देखिन सक्छ, पर्खेर हेरौं ।’
    गोरखाको पालुंगटार १ मा मतदान गरेपछिका केही घण्टाको विश्लेषण गर्दै डा.बाबुरामले ट्वीट गरेका थिए । संघीय समाजवादीसँगको एकता फ्रुटफुल नहुने संकेत देखेपछि बाबुराम स्थानीय तहको निर्वाचन आफ्ना पक्षमा नआउने निष्कर्षसहित हार स्वीकार गरेको मनस्थितिमा देखिएका हुन् । हुन पनि प्रारम्भिक मतगणनाले पनि ठूला तीनदलवीच नै तीब्र प्रतिस्पर्धा देखिन थालेको छ