Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पूर्वराजाले भोट हालेनन्

०१ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    काठमाडौं । पूर्वराजाले स्थानीय तहको निर्वाचनमा मतदान गरेनन् भनेर निकै हल्लाखल्ला गरियो । हल्लाको आवाज सुनेका पूर्वराजाले सामाजिक सञ्जालमा आफ्नो मन्तव्य यसरी प्रकट गरेको देखियो । हुन पनि पूर्वराजाका लागि को नजिक, को टाढा ? पूर्वराजाका लागि देशको कानुनव्यवस्था, शान्ति र समुन्नति नै मुख्य चाहना हो । त्यो चाहना परिपूर्तिका लागि जे हुन्छन्, त्यसमा पूर्वराजाको सन्तुष्टि र जनअपेक्षाविपरितका क्रिया प्रतिक्रिया असन्तुष्टि हुनु स्वभाविक हो । त्यही देखियो ।
    स्थानीय तहको निर्वाचनबाट आफू खुशी व्यक्त गरेका छन् पूर्वराजाले । आफूले निर्वाचनमा सहभागिता नहुने कारणको प्रष्टिकरण पनि दिएका छन् र आफ्ना लागि सबै बराबर भएको मन्तव्य व्यक्त गरेर पूर्वराजाले राजनेताको व्यक्तित्व देखाएका छन् ।