मदनकुमार दााहाल -
वाह्य हस्तक्षेप र आन्तरिक अराजकता र दण्डहीनता कुन हद सम्म सहेर वस्ने ?
छिमेकी शक्ति राष्ट्र वा नेपालका राजनैतिक दल, नेता, नागरिक समाज, मानव अधिकारवादी र राष्ट्र सेवकको भेषमा जसले पनि नेपाल र नेपालीको मानमर्दन गर्छ, हानी नोक्सानी पुर्याउँछ, षडयन्त्र गर्छ (त्यस्को विरुद्धमा हामी सवैले डटेर आवाज उठाउनु पर्दछ, त्यस्तो कुत्सित प्रयासको घोर विरोध गर्नु पर्दछ र असफल वनाउनु पर्दछ । वाह्य हस्तक्षेप र आन्तरिक अराजकता र दण्डहीनता कुन हदसम्म सहेर वस्ने ?
मानवतावादी दृष्टिकोणले नै मानिसलाई सर्वगुण सम्पन्न गराउँछ समाजमा परिवर्तन संभव हुन्छ ।
सत्य तितो हुन्छ, अन्धभक्ति दासत्वको प्रमाण हो (व्यक्तित्वको अवमूल्यन होस्, क्षुद्र स्वार्थको निमित्त आफुलाई विक्रीमा राख्नु आत्महत्या गर्नु वरावर
हो । हिम्मत हुनेले शत्रुको पनि सह्राहनीय कार्यको प्रशंसा गर्नु पर्दछ । जहां धुवाँ छ त्यहाँ आगो वलेको हुन्छ, मातृभूमि, मातापिता, गुरूलाई अपमान गर्नेहरू समाजका कलंक हुन् । अर्का सित आश गरेर केही मागेर सुखी हुने सपना देख्नु भिखारी प्रवृति हो । योग्यता, क्षमता, इमान्दारीता, कठिन परिश्रम, प्रेम, सद्भाव, सत्यप्रति अनुराग, सहिष्णुता र मानवतावादी दृष्टिकोणले नै मानिसलाई सर्वगुण सम्पन्न गराउछ, समाजमा परिवर्तन सम्भव हुन्छ ।
एउटा निर्णयमा पुगौं
नेपालमा विगत ६५ वर्षमा ५ वटा संविधानको परीक्षण भयो । संक्रमणकाल, राजनैतिक अस्थीरता र अविकासको कुचुक्र यथावत कायम रह्यो ।
अराजकता, दण्डहीता, भ्रष्ट्राचार, नातावाद, कृपावाद असामान्य रूपमा
वढ्यो । योजनावद्ध विकासको ६ दशकको परिणाम मुलुक एक देशसँग सम्पूर्ण रूपले आशृत भयो । केही अधिकार सम्पन्न पहुंचवालाहरूले सजिलै कमाई खाने अर्थतन्त्रको विकास भयो । निरपेक्ष गरीवीका रेखा मुनि रहेका ६५ प्रतिसत जनता अकल्पनीय दुखकष्टको भूंवरीमा डुवेर वाँचेका छन् । षडयन्त्र पूर्वक सामाजिक सद्भावमा खलल पुर्याउन विषवृक्ष रोपियो । आन्तरिक र वाह्य शत्रुहरूद्वारा मुलुकको सार्वभौमसत्ता माथि निरन्तर आक्रमणको प्रयास भयो । तसर्थ, राष्ट्रको स्वतन्त्र अस्तित्व जोगाउन र जनतालाई संवृद्धिको प्रत्याभूति सुनिश्चित गर्न अव सम्पूर्ण नेपाली जनता चन्द्रसूर्य अंकित राष्ट्रिय ध्वजा मुनि एकिकृत भएर शक्ति प्रदर्शन गर्नै पर्दछ । यो तथ्यलाई हृदयंगम गरौं र एउटा निर्णयमा पुगौं । जय नेपाल राष्ट्र । जय नेपाली जनता । (फेसबुकबाट)


