Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

झण्डै पसेका आतंककारी

०१ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    भैरहवा सीमाबाट झण्डै पसेका यी आतंककारी । यिनको नाम नासिर अहमद भनिएको छ र यिनी काश्मिरी सल बेच्ने भनेर नेपाल पस्न लागेका थिए । सूचना पाएपछि नेपाल प्रहरी सतर्क भइसकेको थियो ।
    यो कुरा भारतीय सीमा सुरक्षा बलले थाहा पायो र उसलाई सीमामै समातिएको खबर फैलायो । यथार्थमा नेपाल छिरे छिरोस् भन्ने थियो भारतीय सीमा प्रहरीको । तर नेपाल प्रहरी हर्कतमा आएको थाहा पाएपछि आफैले पक्राउ गरेको नाटक गरेको देखियो भारतले ।
    वैशाख ३१ गते सिंगो देश स्थानीय तहको पहिलो चरणको निर्वाचनमा व्यस्त थियो । ३ प्रदेशको निर्वाचन भए पनि सातै प्रदेश यो निर्वाचनलाई नियाली रहेको थियो । यही मौकामा यी आतंककारी नेपाल पस्ने सुरमा थिए । त्यसैले काश्मिरी सल व्यापारीको भेषमा यिनी नेपाल पस्ने सुरमा थिए ।
    यस घटनापछि भारतले नेपालबाट यी व्यापारी भारत पस्न लागेको उल्टो खबर फैलाएको छ । मुजाहिद्दीन आतंककारी समूहका सदस्य मानिएका यी व्यक्ति झण्डै नेपाल पसेका । नेपाल पस्न सकेको भए यिनले के उधुम मच्चाउने थिए, यसबारेमा नेपाल प्रहरीभित्र गम्भीर छलफल सुरु भइसकेको बताइन्छ । नेपाल प्रहरीलाई राजनीतिकरण नगर्ने हो भने संसारकै सक्षम प्रहरी नेपालको मानिन्छ ।
    त्यसो त केही समयअघि इरानी नागरिक पनि भारत भएरै नेपाल पसेका थिए जसलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । जेहोस्, खतराको आहट सुनियो, सतर्कता चाहियो ।