Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चुनावीपर्व छाडेर राष्ट्रपति विदेशतिर

०१ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    काठमाडौं । ऐतिहासिक भने पनि हुन्छ, २० वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको बेलामा राष्ट्रपति विद्या भण्डारी श्रीलंकामा बृक्षारोपण गर्दैथिइन् । राष्ट्रिय महत्वको, संविधान कार्यान्वयन हुने पहिलो खुट्किलोको रुपमा रहेको स्थानीय निर्वाचनको पहिलो चरणमै राष्ट्रपतिले राष्ट्रिय महत्व नदिनु दु:खद समाचार हो ।
    महिलाको हकहित र राष्ट्रिय एकतालाईसमेत मजबुत पार्ने स्थानीय तहको निर्वाचनमा राष्ट्रपति राष्ट्रमै हुनुपथ्र्यो र निर्वाचनमा सहभागी भएर राष्ट्रवासीलाई हौसला प्रदान गर्नुपथ्र्यो । यद्यपि देशवासीमा हौसलाको कमी देखिएन, कमी देखियो भने राष्ट्रपति विद्या भण्डारीले किन स्थानीय निर्वाचनको महत्व त्यागेर बिदेश यात्रामा गइन् भन्ने प्रश्नमात्र । यस्तो प्रश्न उठ्नु हुनेथिएन ।