Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पार्टी मोह भनेको छोरी मोह

०१ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

काठमाडौं । २०५७ सालमा मेरो व्यक्तित्व, निजत्व सबै पार्टीमा विलय भयो भनेका प्रचण्डउपर यतिखेर पार्टीभित्रैबाट प्रश्न उठेको छ– पार्टी मोह भनेको छोरी मोह हो ? यद्यपि प्रचण्डका नातेदारहरु सबै कि पोस्टमा छन्, ठूला ठूला लगानीकर्ता बनेका छन्, शेयरकिङ भएका छन्, प्रचण्डलाई भेट्नसमेत उनका नातेदारलाई रिझाउनु पर्ने अवस्था छ । यो स्थितिले माओवादी केन्द्रका अध्यक्ष
प्रचण्डलाई पार्टीभित्रै अलोकप्रिय पारिरहेको छ ।
    प्रचण्डको व्यक्तित्व र निजत्व पार्टीमय भयो भनिएको भए पनि त्यो फिर्ता लिइसकेको देखिन्छ, एक कार्यकर्ताले बताएका छन् ।
    यसपटकको चितवन प्रेम, छोरीलाई मेयर बनाउन रुख चिन्हमा छाप हालेको घटनाक्रमले पनि प्रचण्डको स्थायी निर्वाचन क्षेत्र भनेको चितवन नै हुनेवाला छ भन्दै एक माओवादी कार्यकर्ताले भनेका छन्– माओवादी केन्द्रमा लागेर जीवन बिताइयो, पार्टीका लागि गर्नुनगर्नु सबै गरियो,पार्टीले केही दिने भएन । उनको गुनासो छ ।