Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

गच्छदार मन्त्रीखाँदै, थापा चुनावपछि

२५ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

महाभियोग प्रस्ताव कार्यान्वयनमा नजाने आश्वासन पाएपछि राजीनामा स्वीकृत नभएका उपप्रधानमन्त्री कमल थापालाई पुन: सरकारमा सामेल गराउने र त्यसका साथै फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाईसमेत सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल होमवर्कमा जुटेको खबर छ ।
एकातिर पहिलो चरणको निर्वाचनसँगै राजीनामा दिएर सत्ता कांग्रेस सभापतिको हातमा गौदान गर्ने कुरा गरिरहेका पुष्पकमल दाहाल अर्कोतिर कमल थापा र गच्छदारलाई सरकारमा सामेल गराएर आफ्नो स्थिति झन मजबुत बनाउनेतिर लागेका छन् । यो दोहोरो भूमिकाबाट कांग्रेस नराम्ररी झस्केको छ र वैशाख ३१ लगत्तै सत्ता छाड्नुपर्छ भनेर दबाब दिन थालेको देखिन्छ । कमल थापा र गच्छदार सरकारमा सामेल हुने कुरा ती पार्टीका नेताहरुले नै गर्न थालेका छन् । राप्रपाका अर्का मन्त्री दिलनाथ गिरीले त प्रधानन्यायाधीश काममा फर्केको घटनासँग राप्रपा सरकारमा पस्ने ढोका खुलिसकेको भनेका छन् । उनका अनुसार सरकारमा जाने सवालमा पार्टीले गम्भीरताका साथ निर्णय गर्नेछ । यी दृश्यले सत्ताको काँध फेर्न महाभारत हुने संकेत देखिन्छ ।