काठमाडौं । शेरबहादुर देउवाका निकट बन्नपुगेका शेखर कोइरालाले सहमतीय सरकार बनाएर अगाडि बढौं भन्ने सूत्र अगाडि सारेका छन् । कांग्रेसको नेतृत्वमा एमाले, माओवादी र मधेसी मोर्चाको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढे संक्रमण, संकट समाप्त हुने र राजनीतिक डेटलक नरहने बताएका छन् । यथार्थमा यो सूत्र शेखरको हो कि शेरबहादुर देउवाको ? किन उनले राप्रपाको नाम लिएनन्, यो पनि अर्थपूर्ण छ ।
दुई चरणको निर्वाचनले पहाड र मधेसी समुदायमा तिक्तता बढ्छ, एकैचरणमा निर्वाचन गर्न पनि सहमतीय सरकार जरुरी छ
भन्दै शेखर कोइरालाले भनेका छन्– संविधान संशोधन प्रक्रियामा एमालेलाई जसरी पनि सहमत गराउनु पर्ने बताए । मे दिवसको अवसरमा मजदुरको हक र हित कसरी हुन्छ भन्ने सोच्न छाडेर नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार कसरी निर्माण गर्न सकिन्छ भन्ने सोच्न थालेको देख्दा कांग्रेसप्रति धेरैले दया प्रकट गरे ।


