Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

वली ज्ञानेन्द्रवादी

१८ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

काठमाडौं । माओवादी गोपाल किराँतीले केपी ओली ज्ञानेन्द्रवादी भनेर शव्दवाण ठोकिदिए । संविधान संशोधनमा एमालेले सहयोग नगर्ने र संशोधन हुनै नसक्ने बुझेपछि किराँतीले संविधान असफल पारेर ज्ञानेन्द्र फर्काउन षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् ।
भला ओलीले नेपाली फर्काउन लागेका रहेछन्, माओवादी र मधेसवादी मिलेर भारतलाई शासक बनाउन लागे र पो खतरा भयो भन्छन् विश्लेषक ।
एमालेले नाटक गर्‍यो कि सत्ताधारी पार्टीहरुले नौटंकी देखाए ? निर्वाचन निर्वाचन भनेर नेपालको स्वाधीनता नै भारतवादीको 
पोल्टा मा हाल्ने जुन काम सत्ताधारी माओवादी, कांग्रेसले गरिरहेका छन्, त्यसको नतिजा चुनावमा देखिने छ । क्रिश्चियनको बसमा परेका किराँती र सत्ताको भोको कांग्रेस दुबै पार्टी देशलाई असफल पार्न र बिखण्डित गर्न लागिपरेको प्रष्टै देखिएको छ । पहाड र मधेस अलग गर्नु, नयाँ नागरिकलाई संवैधानिक पदहरुमा नियुक्त हुने ग्यारेण्टी गर्नु र फेरि विदेशीलाई नागरिकता बितरण गर्नु भनेको देशभक्ति हो किराँतीजी ? धेरैको प्रश्न यसैगरी उठिरहेको सुनिन्छ अहिले ।
यी किराँतीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर, दलका नेताहरुलाई बेवास्ता गरेको देख्दा यस्तो क्रियाकलाप र तारतम्य हेर्दा ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने एमालेको खेल हो ।