Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

म्यादीको चुस्तामा डिआइजीको चुस्की

११ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

काठमाडौं । आइजीपी प्रकाश अर्याल दुई कुरामा फेल भए । पहिलो सर्वोच्चको आदेशअनुसार बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेनन् । दोश्रो, चुनावका लागि भर्ना गरिएका म्याद प्रहरीको ड्ेरेस चुस्ता खरिद गर्नसमेत नसकेर जिल्ला प्रहरीमा अधिकार पठाइदिए ।
जिल्लाभन्दा क्षेत्र ठूलो भनेर डीआइजी गणेश केसी, मधु पुडासैनी, विजयलाल कायस्थजस्ताहरु हामीलाई पनि कमिशन चाहिन्छ भनेर पछि लागेपछि चुस्ता खरिदमै व्यापक भ्रष्टाचार सुरु भएको छ । म्यादी प्रहरीको चुस्तामै चुस्की ? 
म्यादीलाई ७ 
हजार १ सय पोसाक भत्ता दिइनेछ । पोसाक दिन नसकेपछि नगदै दिन लागिएको हो । पोसाक म्यादी प्रहरीले आफै खरिद गर्न लागिएको छ तर कतिपय क्षेत्रमा पोसाकै किनेर दिने तारतम्य पनि मिलाइदैछ । र, नगदै दिने क्षेत्रमा निश्चित पसल प्रहरीले नै देखाइदिने र त्यही गएर किन्न भनिदैछ । यी सबै कमिशनको लोभमा हो ।
सर्ट–पाइन्ट, नीलो डाङ्री, जुत्ता, टोपी, पेटी, सिठी, मोनोग्राम र लाठी खरिद गर्न म्यादी प्रहरीलाई  भत्ता दिन लागिएको हो । पोसाकका लागि मात्रै ५३ करोड निकासा भएको छ । यसैमा प्रहरीहरुको र्‍याल चुहिन थालेको हो ।