Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

विप्लवको विद्रोह तैयारी

११ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी विप्लवले जंगल जंगलमा लडाकु तालिम दिइरहेको र जिल्ला जिल्लामा वैकल्पिक जिल्ला सरकार गठन गर्दैरहेको समाचारले संवैधानिक शासन व्यवस्थामा चुनौति दिएको छ । के विप्लव अन्तिम जनयुद्धका लागि तैयारी गर्दै त छैनन् ? त्यसो त मुलुकमा चुनाव हुँदैछ र विप्लवका कार्यकर्ताहरु स्थानीय तहको निर्वाचन खारेज गरौं भनेर नारा पनि लगाइरहेका छन् । विप्लवको यो सैनिक दस्ताले चुनाव भाँड्न खोजेको हो भने वैशाख ३१ पछि देशभित्र रक्तपातको खतरा बढेर गएको छ भन्दा फरक पर्दैन ।
विप्लव माओवादीको नारा छ– ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौं: जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ । यस्तो चर्को नारा लगाउने विप्लव माओवादीका कार्यकर्ताहरु चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् । भनिन्छ, विप्लवले यस्तो सैन्य तालिम ६ महिनादेखि चलाइरहेका छन् । 
खबरअनुसार सल्यान, रुकुम र रोल्पाको सिमानास्थल सुकिदहलाई केन्द्र बनाएर आसपासका कार्यकर्तालाई तालिम दिइरहेको स्रोतको दाबी छ । स्रोतको दावी अनुसार पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सल्यानका चन्द्रबहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । तालिममा रुकुम र सल्यानका ३ सय जना र अन्यत्रका समेत तालिममा सहभागी रहेको बताइन्छ । प्रश्न यत्ति छ कि विप्लव माओवादीको निसाना चुनाव हो कि राज्यविप्लव नै हो ?