भारतले आफ्नो सुरक्षामा प्रभाव पर्नसक्ने भनेर जतिसुकै दबाब दिए पनि नेपाली सेनाले चीनसँग मिलेर सैनिक अभ्यास सुरु गरेको छ । चीन र नेपालका कति सैनिक सामेल छन्, यसबारेमा पनि कुनै खुलासा गरिएको छैन ।
नेपालमा भएको नेपाल चीनवीचको सैन्य अभ्यासमा निकै चासो दिएका छन् । यसरी चासो दिइरहन जरुरी थिएन तर भारतको दबाबमा पश्चिमाले चासो दिएका हुन् । जसले जतिसुकै चासो दिए पनि राजधानीमै सैनिक अभ्यास सुरु भएको छ र यो आतंकवाद नियन्त्रण गर्ने तालिम र सैनिक व्यवसायिकतामा मदतगार हुनेछ ।
यद्यपि नेपाली सेनाले परराष्ट्र र सुरक्षानीतिमा आधारित भएर बढ्दो आतंकवादविरुद्ध यो अभ्यास गरेको जनाउ दिएको छ तर भारतले सुक्ष्म तरिकाले यो अभ्यासलाई नियाली रहेको देखिन्छ । नेपाल र चीनको सैनिकवीच भएको यो पहिलो सैनिक अभ्यास हो । र, यो संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । नेपाली सेनाले विज्ञप्तिमा भनेको छ– संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ । यसैगरी चीनको रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले गत पुस १४ मा पत्रकार सम्मेलन गरी नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको थियो । भारत र पश्चिमा मुलुकले अनेकानेक टिप्पणी गरेकाले यो अभ्यास केही समय पर सरेको थियो । जुन अहिले सम्भव भएको छ ।


