Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सुपारी, लसुन खाने कि काम गर्ने ?

०४ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

काठमाडौं, नेपालमा उत्पादित सुपारी झापाका गोदाममा सडिरहेका छन्, मलेसिया, चीनलगायतका मुलुकबाट आयात गरिएका सुपारी, लसुन नेपालमा उत्पादन गरिएको उत्पत्ति प्रमाणपत्र दिएर करोडौं कमिशन खाने काम पशुपति मुरारकाले गरेका थिए । तिनै पशुपति मुरारकाले अन्य सुपारी उत्पादक संस्था खोलेर नेपाली उत्पादकहरुवीच झगडामात्र गराएनन्, लड्डु लडे झिल्ली झडेको मजा लिइरहेका थिए र त्यसमा बरिष्ठ उपाध्यक्ष भवानी राणाले निरन्तर सघाइन् ।
भवानी राणा अध्यक्ष बनेकी छिन् । चन्द्र ढकाल, शेखर गोल्छालगायतका नयाँ उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहरु आएका छन् । ३ वर्षपछि फेरि चुनावमा जानुपर्छ भन्ने यिनलाई थाहा छ र यिनले सुपारी, लसुनमा कमिशन खाने काम कायम राख्छन् कि छाता संगठनको भूमिका निर्वाह पनि गर्छन्, उद्यमीहरुले प्रश्न उठाएका छन् ।
चन्द्र ढकाल निर्विरोध चुनिए तर शेखर गोल्छा लगायतका सदस्यहरुले ५ करोडसम्म खर्च गरेको चर्चा बाहिर आयो र पैसाकै बलमा चुनाव जितेका हुन् । भवानी राणाले विधान संशोधनमै मुरारकासँग मिलेर आफ्नो बाटो सफा पारिसकेको कारण स्वत: टिके अध्यक्ष हुन पाएकी हुन् । भवानी राणाले मुरारकाको छाप बनेर काम गर्छिन् कि नयाँ सदस्यहरुसँग मिलेर उद्यमीहरुलाई संगठित पार्दै स्वदेशी र विदेशी लगानीको वातावरण बनाउँछिन्, यसैमा उद्योग वाणिज्य महासंघको साख सिमित हुनपुगेको
 देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघको छवि त्यतिबेलादेखि धमिलियो, जतिबेला विनोद चौधरीलाई टिक्न दिइएन र उनले सिएनआई गठन गरेर महासंघभन्दा परिसंघलाई स्थापित गरेर देखाइदिए । यतिबेला महासंघभन्दा परिसंघ उद्योगी व्यापारीको छाता संगठनजस्तो भइसकेको छ भने महासंघभित्र मात्र भ्रष्टाचारका कुरा बढी देखिन्छन् । महासंघ भ्रष्टाचारले नै गनाइरहेको छ ।
महासंघका सदस्यहरुले चुनावबाटै अध्यक्ष चुने, तिनै अध्यक्षलाई पदाधिकारीले घेरावन्दीमा पारेर भ्रष्ट सावित गरेर निकाले र महासंघ कव्जा गरेका थिए । अहिले त्यही खतरनाक तत्व महासंघभित्र हावी छ र भ्रष्ट तत्वले महासंघलाई अझ भ्रष्टाचारमा चोपल्ने हो कि भन्ने खतरा देखिदैछ ।