Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रबुद्ध समूह : बैठक बैठक भनेर समय बिताइरहेको छ

२१ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

    नेपाल र भारतका वीचका सबै समस्या र विवादको अन्त्य गरेर स्थायी शान्ति, विवादरहित सम्बन्ध र मित्रताको जग हाल्न भनेर नेपाल भारतका वीचमा प्रवुद्ध समूह गठन गर्ने निधो गरियो र गठन पनि भयो । तर यो समूह बैठक गरेर समय बिताइरहेको छ । यो समूहले आफ्नो काम फत्ते गर्न ३ वर्ष लगाउने हो कि ३० वर्ष ? यो भने अझै स्पष्ट भइसकेको स्थिति छैन ।
    तर, यो प्रबुद्ध समूहले जति धेरै समय लगायो, त्यति नेपालका तर्फबाट प्रतिनिधि छानिएका निलाम्बर आचार्य, डा.भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराईको नीति र नियति, इज्जत र सम्मान धुलिसात हुनेछ ।
    भारतका तर्फबाट प्रतिनिधित्व गर्ने भगत सिंह कोसियारी, डा.महेन्द्र पी लामा, बीसी उप्रेती र पूर्व राजदूत जयन्त प्रसादलाई त के छ र ? भाजपाले तिनलाई जागीर दिएको हो, जागीर खान्छन्, बसिरहन्छन् । नेपाल र भारतवीचका समस्याहरुको पहाडले थिचेर निसास्सिने त नेपाल नै हो । नेपाललाई राहत दिने र देशभक्तिका लागि काम गर्ने हो भने नेपाली प्रतिनिधिहरुले ६ महिनाको एकपटक बैठक गरेर मात्र पुग्दैन, सक्रियताका साथ बेठक गर्ने, दुबै मुलुकवीचका समस्याहरु केलाउने, दुबै मुलुकका आकांक्षा, अपेक्षा र आवश्यकताहरुको किटान गरेर कसरी अघि बढ्न सकिन्छ भनेर मार्ग खोज्नैपर्छ । अन्यथा समय बिताएर हामी दुबै मुलुकका प्रबुद्ध बर्ग हौं भनेर नाक फुलाउनुको खासै अर्थ र औचित्य केही पनि रहनेछैन । चेतना भया ।
    समाचारअनुरा नेपाल–भारत प्रबुद्ध समूहको बैठक भोलि र पर्सी चैत २३ र २४ गते काठमाडौंमा बस्ने भएको छ । हुने भएको छ । ३ महिना अघि नै बस्नुपर्ने बैठक ३ महिना पछि बस्यो । प्रबुद्ध समूहको बैठकलाई कुनै राजनीतिक अथवा अन्य कारणले रोक्नु रोकिनुपर्ने थिएन । भारतकै कारण रोकियो र नेपाली पक्षले सक्रिय बन्ने ताकत र ल्याकत राख्न सकेन । फेरि पनि भारतीय पक्षले अर्को ६ महिनापछि बैठक भन्नेछ र नेपाली पक्षले हस् भन्ने हो भने यो समूह हात्तीको देखाउने दाँजस्तोमात्र हुनेछ । त्यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ ।
    प्रबुद्ध समूहको काम सन् १९५० को सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा निष्कर्ष खोज्नु नै हो ।
नेताका नाडी छामेर राजदूत चले दिल्ली
    सत्ताधारी र सडकका ठूला नेताहरुलाई भेटेर नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी दिल्ली हान्निएका छन् । भनिन्छ, नेपालमा निर्वाचनको मौसम आएको छ र मधेसी मोर्चाका नेताहरुले निर्वाचनमा सहभागी हुन राखेको सर्तमा समझदारी बनिसकेको अवस्था नहुँदा कतिसम्म कन्सेसनमा कुरा मिलाउने भनेर दिल्लीको आदेश लिन राजदूत पुरी दिल्ली हान्निएका हुन् ।
    पुरीले राजदूतको जिम्मेवारी सम्हालेको ३ हप्ता हुँदैछ । तीन हप्तामै दिल्ली काठमाडौं गर्नुपर्ने उनको बाध्यता नेपालमा भारतीय प्रभाव कसरी कायम राख्ने भन्नेमा केन्द्रित छ, यो बुझन् सकिन्छ । तर, यतिबेला उनको दिल्ली गमन चीनले नेपाली सेनासँग मिलेर गर्न लागेको संयुक्त सैनिक अभ्यास हो भन्ने विज्ञहरुको विचार रहेको छ । चीनको सैनिक अभ्यासले भारतको सुरक्षामा खतरा पर्नेछ भनेर राजदूत पुरीले नेपाली सेनाका प्रधानसेनापतिलाई भनिसकेका छन् । जबकि नेपाली सेनाले त्यस्तो केही नहुने र जिम्मा नेपाली सेनाले लिने भन्दा पनि पुरी आश्वस्त हुन नसकेर रिपोर्टिङ् र थप आदेश लिन पुरी दिल्ली गएका हुन् ।
    पुरीका सामु निजगढ जोड्ने फास्ट ट्य्राक नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएको र नेपालमा हिन्दुराष्ट्रको मुद्दाका बारेमा पनि दिल्लीको आदेश लिनुछ । यति नै बेला नेपालविज्ञ भनेर ख्याती कमाएका भारतका एसडी मुनी, नेपालका लागि एसडी खुनीले समेत भारतीय राजदूत मञ्जिव सिंह नेपालमा हिन्दुराष्ट्र स्थापना गर्न खुलेर लागेको दावी गरेका छन् । मुनीले लेखेका छन्–  ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दु राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन ।’ भारत जानुअघिसम्म पनि पुरीले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको सम्भाबनाका सम्बन्धमा विशेष चर्चा गर्ने गरेका थिए ।
    भारतको उत्तर प्रदेशमा योगीको शासन आएपछि नेपालमा हिन्दुहरु हिन्दुराष्ट्र घोषणा हुन्छ भनेर बढी आशावादी बनेका छन् । योगीले केही महिनाअघिमात्र महाहिन्दु सम्मेलनमा सहभागी हुन आउँदा पशुपतिक्षेत्रबाटै राजतन्त्र किन हटाएको, हिन्दुराष्ट्र हुनैपर्छ भन्ने विचार राखेको थिए । योगी नेपालका हितचिन्तक रहदै अएका छन् । उत्तर प्रदेशको २ हप्ताको कार्यकालमै हिन्दुवादको झण्डा उठाएका योगीले समाजसुधारका अनेक निर्णयहरु गरेका मात्र छैनन्, राममन्दिर निर्माण हुन्छ भनेर ठूलै हंगामासमेत खडा गरिसकेका छन् । दिल्लीमा मोदी, युपीिमा योगी आदित्यनाथ, दुबैको इच्छा छ नेपाल हिन्दुराष्ट्र होस् । यही कुरा बुझेका नेपालका हिन्दुहरु हिन्दुराष्ट्र पुनस्र्थापना गर्नका लागि कसैले रोक्न नसक्ने विश्वासमा छन् ।