डा.सुरेन्द्र केसीले सगरमाथा टेलिभिजनबाट वीवीसीले नेपाललाई भारतमा मिलाउँदा के होला भनेर बहस चलाएको र त्यही संस्थामा काम गरेका रबीन्द्र मिश्र र उनको साझा पार्टी सीके राउतको अर्को रुप भएको आरोप लगाएका छन् ।
यस सम्बन्धमा रवीन्द्र मिश्रले त्यसको खण्डन गर्दै असल र विशिष्ट प्राज्ञिक संस्कारबाट दीक्षित गर्नुपर्ने व्यक्तिले सस्तो र चरित्रहत्या गर्ने कार्य गर्नु दुर्भाग्यपूर्ण भएको बताए । यथार्थ के हो भने वीवीसीले नेपाललाई भारतमा मिलाउँदा के हुन्छ भनेर सर्भेक्षण गरेको र विरोध भएपछि रोकिएको थियो ।


