Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

साउदी जाने, यी कम्पनीमा नजाउँ है

१४ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

    सरकारले ज्यादै उजुरी परेपछि साउदीका ४५ र बहराइनका १ कम्पनीलाई कालो सूचीमा राखेको छ । तर ती कम्पनीका दलालहरुले अन्य कम्पनीका नाममा नेपाली युवायुवतीलाई नियमित अनियमित तरिकाले पठाएर आपतविपतमा पारिरहेका छन्, यौन र श्रम शोषण गरिरहेछन् ।
    वैदेशिक रोजगार विभागले सूचना निकालेर साउदीका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन, अल फेयर्स इस्ट कम्पनी, अल–हान ट्रेडिङ ग्रुप, मिडिलइस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतका साथै बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत कामदार नपठाउने निर्णय गरेर कालोसूची निकालेको हो ।
    यी कम्पनले तलव नदिने, अनेक झमेला दिएर श्रम शोषण गर्ने, फर्कन चाहनेलाई फर्कन नदिने गरेका थिए । यी कम्पनीबाट दु:ख पाएकाहरु अझै ५ सयभन्दा बढी असरल्ल रहेका छन् ।
    नेपाली एजेन्टहरुले पनि घूस ख्वाएर श्रम स्वीकृति निकालेर पठाउने र कमिशन कुम्ल्याइहाल्ने गरेकाले पनि नेपाली युवाहरु बढी शोषणमा परेका हुन् । यथार्थमा खाडी मुुलुकका कम्पनीभन्दा पनि खराव नेपालका मेनपावर कम्पनीहरु हुन्, जसले जानाजानी नेपाली युवायुवतीबाट पैसा लिएर तिनलाई समस्यामा पार्ने गरेका छन् । यसकारण साउदी पुगेका र समस्यामा परेकाहरुको आग्रह छ– बुझेर र श्रम स्वीकृति लिएरमात्र खाडी मुलुक जानु, नत्र दु:ख पाइनेछ ।