काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा अभिव्यक्ति दिदै भनेका छन्– आमालाई पोइल पाएर जारी लिन तैयार हुने सांसदले मात्रै अव प्रचण्डलाई साथ दिन्छन् । केसीले दावी गरेका छन्– संविधान संशोधनको प्रस्ताव भारतीय विस्तारवादको इसारामा दर्ता भएको हो । मधेस र पहाड अलग गर्ने र नेपाललाई सिक्किमीकरण गर्ने उद्देश्य राखेर प्रचण्ड सरकार बनेको छ । देउवा र प्रचण्डको समीकरण भारतले मिलाइदिएको जनताले बुझिसके ।
भारतलाई नेपाल राष्ट्र टुक्य्राउने लेण्डुप दोर्जी चाहिएको थियो, प्रचण्ड र देउवा तैयार भएका हुन् । संघीयता देशका लागि क्यान्सर हो, आज आएर संघीयता न माओवादीलाई, न कांग्रससलाई कसैलाई पनि चाहिएको छैन, संघीयता भारतलाई चाहिएको छ । यस्तो संशोधन पारित हुन नदिन सम्पूर्ण राष्ट्रवादी नेपाली एक हुनुपर्छ । एमालेले महाकालीमा गरेको जस्तो गल्ती दोहोर्याउलाजस्तो लाग्दैन ।
३ प्रतिशत मत ल्याउनै पर्ने र एकसिट जित्नैपर्ने बाध्यता छ, जित्नुपर्छ । यसमा ठूला दलले साना दलहरुको आवश्यकता अनुभव गर्नु उचित हुनेछ जस्तो लाग्छ ।


