Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

निर्वाचन सार्न सकिन्छ

०७ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले केही समय निर्वाचन सार्न सकिने अभिव्यक्ति दिएका छन् । किन सार्ने ? यसबारेमा स्पष्ट पारेका भने छैनन् ।
भन्नलाई राजनीतिक दलहरुवीच सहमति भएमा भनेको भए पनि भित्री कुरो संविधान संशोधन गरेर मधेसी मोर्चालाई पनि ल्याएमा चुनाव विथोल्ने शक्ति कमजोर हुने तर्क अघि सारिएको छ । यद्यपि चक्रपाणि खनालको शव्दमा ‘चुनाव तोकिएकै मितिमा गर्ने अहिलेसम्मको 
तयारी छ । ‘तर राजनीतिक सहमति भएमा केही समय चुनाव सार्न सकिन्छ ।’
आइतवार आधारातपछि नेपाली सेनाको सुरक्षासहित जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्न सुरु गरेको छ । रातदिन गरेर मतपत्र छाप्ने र तोकिएकै मितिमा निर्वाचन गराउने तैयारी निर्वाचन आयोगले गरेको छ । यति भइसक्दा पनि चुनावी वातावरण भने अझै देखिएको छैन ।
लाग्छ, चुनाव होला कि नहोला ? मधेसी मोर्चा र विप्लव माओवादीले विथोल्ने भनेपछि के होला ? सार्ने कुरा छ, सर्ला कि भन्ने अनेक संशय अहिले पनि राजनीतिक वृत्तमा घनिभूत देखिदैछ । यसैवीच राप्रपाको सिद्धान्त संवैधानिक राजतन्त्र र हिन्दूत्वको विषयलाई निर्वाचन आयोगले डिलिट गरिदिएपछि र केही समुदायले विशेष संरक्षित क्षेत्रको विषयमा मुद्दा हाल्ने तैयारी गरेपछि निर्वाचनको वातावरण अन्यौलमय बन्दै गएको हो ।