Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चिनियाँ रक्षामन्त्री चाङ आउँदै

०१ मंगलबार , चैत्र २०७३९ बर्ष अगाडि

नेपाल र चीनको संयुक्त सैनिक अभ्यासका लागि चिनियाँ रक्षामन्त्री चाङ वाङक्यूनेपाल आउने निश्चित भएको छ । राष्ट्रपति सी जिङपिङ आउने कुरा सेलाए पनि चीनले नेपाललाई प्राथमिकतामा राखेको प्रमाणका रुपमा चाङ आउन लागेका हुन् । यद्यपि कुनै सैनिक हातहतियार डिल नहुने भनिएको छ । तर चिनियाँ रक्षामन्त्रीले नेपाली सेनालाई सेनाको आधुनिकरण, शान्तिमिसन र विपत व्यवस्थापनमा अत्यावस्क सैनिक लजिस्टिक सहयोग दिने बताइन्छ ।
चीनले के चाहिन्छ भनेर नेपाल सरकार र नेपाली सेनालाई पटक पटक सोधेको छ । नेपाल सरकारले यही वस्तु चाहिन्छ भन्न सकेको छैन । उसालाई भारत रिसाउँछ कि भन्ने भय छ । नेपालको राजनीतिमा यो धर्मसंकट बुझको चीनले विश्वशान्तिका लागि भन्ने आवरणमा नेपाली सेनालाई राम्रो सहयोग गर्नसक्ने स्रोतले बताएको छ । स्मरणीय छ, चीनका रक्षामन्त्री चाङ ती व्यक्ति हुन्, जसको चिनियाँ राष्ट्रपतिसँग निकट सम्बन्धमात्र छैन, चिनियाँ सैन्य आयोगका सदस्यमा पनि चाङ रहेका छन् । हुनसक्छ, चाङ फर्केर गएपछि राष्ट्रपतिले व्रिफिङ लिने र नेपाल भ्रमणबारे ठोस निर्णय हुनसक्ने कूटनीतिक वृत्तमा चर्चा सुरु भइसकेको छ ।
चाङको भ्रमणपछि सैन्य अभ्यासको मिति तय हुनेछ । नेपाली टोली चीनमै छ र अभ्यासको खाका कोर्दैछ । चिनियाँ रक्षा मन्त्री नेपाल आउँदैछन् । यसबाट पनि थाहा हुन्छ : चीनले दक्षिण दक्षिण सहयोग र सिल्करोडलाई प्राथमिकतामा राखेको छ । एक पाटो, एक बाटो यही प्राथमिकताभित्रको एक नीति हो ।
चीनका रक्षामन्त्री नै नेपाल भ्रमणमा आउने भएपछि भारतको टाउको दुखेको छ । किन आउन लागेको, नेपालले कस्तो निर्णय लिनेछ, आदि विषयमा दूतावासले सूचना संकलन गर्न थालेको छ । यसपटक भने सैनिक अभ्यास निश्चित हुनेछ ।