Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रधानसेनापति मधेस

०१ मंगलबार , चैत्र २०७३९ बर्ष अगाडि

सप्तरीमा भएको राजनीतिक भिडन्तमा ५ जना मारिए । उता कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी नेपालमै पसेर एकजनाको हत्या गरेर फर्किए । एमालेको मेची महाकालीको अभियान सप्तरीबाट एकैपटक हेटौंडाबाट पश्चिम लाग्यो । अहिले पनि मधेस आक्रोसित छ, कालोझण्डा र बन्दजस्ता विरोध कार्यक्रम भइरहेका छन् । के हो यो सव ? मधेसको मूड, मधेसको नाडी छाम्न
 प्रधानसेनापति राजेन्द्र क्षत्री सप्तरी, सिरहातिर लागेका छन् । संविधान संशोधन र एमालेको अभियानले राजनीतिलाई ज्यादै तताएको छ । राजनीतिक ध्रुविकरण पनि बढाएको छ । राजनीतिक अस्थिरता र अराजकता बढ्दा रक्तपात हुनसक्ने, विखण्डनका घटनाहरु बढ्न सक्नेलगायतका सबै पक्षको स्थलगत सूचना र विश्लेषण गर्न प्रधानसेनापति मधेस हिडेको अनुमान गर्न सकिन्छ । यद्यपि सेनाले विखण्डनको सामना गर्न तैयार रहेको भनिसकेको छ र राजनीतिसँग सेनालाई लिनुदिनु छैन ।
तर, राष्ट्रिय अखण्डताका सम्बन्धमा सेनाले आँखा चिम्लन सक्दैन, त्यही सन्देश दिन र उच्छृङ्गलतालाई सतर्क पार्न सेना सक्रिय भएको हो ।