Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

मन्त्रीको चिन्ता

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

काठमाडौं । लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर १४ खर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता हासिल गरेका उद्योग मन्त्री नवीन्द्रराज जोशीले एक भेटमा भने– यो सफलता र वार्षिक ७ खर्ब रेमिटान्स भित्र्याउनु उस्तै हो । किनकि युवाशक्ति र विकास गुमाएका छौं । उद्योग मन्त्रीको यो भावुकताभित्र जुन पीडा छ, त्यो प्रत्येक राजनीतिक दलहरुले अनुभव गर्नुपर्ने हो, तर गरेका छैनन् ।
वदेशमा रोजगारी सिर्जना गर्न सकिएन, उर्जाशील युवाहरु वैदेशिक रोजगारीमा गइरहेका
 छन्, यो राष्ट्रिय समस्या हो, यसलाई हल गर्नैपर्छ । विदेशीने युवालाई रोक्नैपर्छ, विदेशीएका युवाई फर्कन आकर्षित पार्नैपर्छ । उद्योग मन्त्रीको चिन्ताले मात्र यो समस्या हल हुन्न, यसका लागि राष्ट्रिय सहमति र नीति निर्माण हुन जरुरी छ ।
    मन्त्रीका अनुसार देशको अर्थतन्त्र त धानेको छ, तर रेमिटान्स अर्थतन्त्रले विकास सम्भव छैन । देश बलियो हुनसक्दैन । युवायुवती श्रम वेच्न विदेशीनुपर्ने बाध्यता किन बन्यो ? यसको समीक्षा हुनैपर्छ । रेमिटान्स भित्रिएर कमाएका होइनौं, यथार्थमा गुमाइरहेका छौं । युवाको श्रम आफ्नै देशमा खर्च हुने अवस्था सिर्जना गर्नु जरुरी छ ।
    यी मन्त्रीले लगानी सम्मेलनमा पनि यस्तै अभिव्यक्ति दिए र साधनस्रोत जुटाउने प्रयत्न स्वदेशमै रोजगारी सिर्जनाका लागि हो पनि भने ।