Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

गोल्छा : महासंघका षडयन्त्रकारी

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

भवानी राणालाई अध्यक्ष बनाएर आफू बरिष्ठ उपाध्यक्ष बन्ने र अर्काे कार्यकालमा आफै अध्यक्ष बन्ने रणनीतिमा लागेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा अटो मोवाइल डिलर्स एसोसियसनका पूर्व अध्यक्ष शेखर गोल्छाले देशको कूल राजस्वको ४० प्रतिशत योगदान दिएकाले अटोमोवाइल क्षेत्रलाई दोष दिन मिल्दैन भन्दै २० वर्ष पुराना गाडीको पक्षमा वकालत गर्न थालेका छन् ।
भाष्करराज कर्णिकारलाई महासंघको अध्यक्षको दावेदारीबाट पन्छाउन यिनै गोल्छाले महासंघको विधानलाई टिके प्रथामा लैजाने वातावरण मिलाएका थिए । संशोधित विधान अनुसार आगामी चैत २८ गते बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत: अध्यक्ष बन्नेछिन् । गोल्छा र अध्यक्ष पशुपति मुरारकाले महासंघलाई रिमोटमा चलाउने संयन्त्रमा परिणत गरिदिएका छन् । महासंघभन्दा त नेपाल उद्योग परिसंघ बढी प्रभावशाली, प्रजातान्त्रिक र छाता संगठनको रुपमा विकसित हुनपुगेको छ ।
देशको खर्च गर्ने हैसियत भनेको बजेटको ४० प्रतिशत हिस्सा हो, त्यो हिस्सा कार, मोटरसाइकल, ट्रक, बस र त्यसमा प्रयोग हुने पार्टस, इन्धनबाट सरकारलाई आम्दानी भइरहेको छ । यो क्षेत्रलाई सरकारले कसरी निरुत्साहित गर्नसक्छ ? गोल्छाको प्रश्न छ । यो क्षेत्रले रोजगारी दिएको छ, मोविलिटीमा सहयोग गरेको छ । विकासको गतिको अर्को नाम अटोमोवाइल क्षेत्र हो । अर्थविदको तर्क र अर्थतन्त्र चलायमान बनाउने यातायात क्षेत्र एकार्काका परिपूरक हुन् । वैंकले ६ प्रतिशतमात्र यातायात साधनमा लगानी गरेको छ । वैंकका अन्य समस्यालाई डाइभर्ट गर्नका लागि यातायात क्षेत्रलाई अनुत्पादक भनिएको हो । त्यो दोष अटोमोवाइल क्षेत्रलाई दिन मिल्दैन । अटोमोवाइल क्षेत्रलाई सरकारले सकारात्मक दृष्टिले हेर्नुपर्छ । शेखर गोल्छा, नक्कली भ्याट रसिद काण्डमा समेत फसेका व्यक्ति हुन् ।