Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुमार्गी प्रचण्डको संरक्षणमा

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

    काठमाडौं । २०७० सालदेखि रोक्क रहेको ३ अर्व २९ करोड फुकुवा गर्न राजनीतिक सहमति बन्न लागेको खबर छ ।
    भनिन्छ, प्रचण्ड निवास रहेको लाजिम्पाटको घर अजय सुमार्गीले उपहार दिएका हुन् र उनै अजय सुमार्गीले अफसोर कम्पनीको आवरणमा लगानी गर्न भनेर नेपाल भित्र्याएका हुन् विदेशी पैसा । त्यो पैसा भित्र्याउन नेपाल सरकारको कुनै निकायबाट पनि पूर्वसहमति नलिएका कारण कालोधनका रुपमा राष्ट्र बैंकले रोकिराखेको छ र प्रचण्ड र देउवाको सहमतिमा रकम निकासा दिन नसकिएपछि त्यसमा एमालेलाई मनाउने काम भइरहेको स्रोतको दावी छ ।
    यस सम्बन्धमा डुपुटी गभर्नर चिन्तामणि शिवाकोटी र अर्थसचिव शान्तराज सुवेदीले मुख खोलेका छन् । माथिको निर्णय भए निकासा हुनसक्छ, बल सरकारको कोर्टमा छ । अर्थात प्रचण्ड सरकारले सबैकुरा भागबण्डामा गरेझैं अजय सुमार्गीले भिब्याएको कालोधनमा पनि भागबण्डाका आधारमा सहमति जुटाउने प्रयास गरिरहेका छन् । अर्थमन्त्री प्रधानमन्त्रीका सहयोगीको भूमिकामा छन् ।
    अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योग दर्ता छ र त्यसैका लागि ०७० सालमा ब्रिटिश
 भर्जिन आइलेण्डस्थित झोधार इन्भेष्टमेन्ट लि.बाट कर्जा लिने भनेर निवेदन दिदा नेपालका बैंकले ऋया दिन सक्ने कि नसक्ने भन्ने खुलाउान भन्दा अजय सुमार्गीले आधार उल्लेख गर्न सकेनन् । त्यसपछि नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेज लि.बाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्योगको कूलपुाजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारमा पनि स्पष्ट पार्न सकेनन् ।
    यसरी अनेक तिकडम लगाएर विदेशबाट झिकाएको पैसा सेता पार्न खोजेका अजय सुमार्गी अहिले पनि राष्ट्र बैंकको अनुमतिका लागि दिनदिनै भौंतारिइरहेका छन् ।
    व्यापारिक फााटमा चर्चा छ, प्रचण्डका अधिकांश पैसा भाटभटेनी समूह, अजय सुमार्गीले मिटर व्याजमा चलाउने गरेका छन् । कुनै दिन हेटौंडा सिमेन्ट उद्योगको थोत्रा बोरा लिलामी गर्दै हिड्ने अजय सुमार्गी यतिबेला करोड करोड चन्दा दिने हैसियतमा पुगेका छन् । यसमा प्रचण्डको आशीर्वादका विशेष हात रहेको छ । अजय सुमार्गी एकाएक देशका धनाध्येमा गनिन थालेपछि उनको सम्पत्तिको स्रोत खोजविन हुनुपर्ने प्रश्न उठ्नथालेको छ ।