Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

असक्षम अभिव्यक्ति दिने डाक्टर

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

अहिले आएर पूर्वराष्ट्रपति डा.रामवरण यादवले आफू असक्षम भएको आफ्नो पोल आफैले खोलेका छन् ।
उनका अनुसार म एक्लै किन फाासी चढ्ने ? भनेर संविधान घोषणा गरिदिएको हुा । मैले संविधान जारी गर्न दुई महिना पर्खन गरेको आग्रहलाई राजनीतिक दलहरुले मानेनन्, त्यसको परिणाम मुलुकले दुख पाएको हो ।
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९५ औं जन्म जयन्तीको अवसरमा गत शुक्रबार राजधानीमा महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार र प्रेमसागरी देवी निधि पुरस्कार वितरण गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्रमुख दलले आफ्नो सुझावलाई वेवास्ता गरेर हतारमा संविधान जारी गर्दा अहिले राजनीतिक गतिरोध देखिएको खुलासा गरेका हुन् । ‘डा यादवले भने– संविधान हतारमा जारी गरेको १८ महिना बितिसक्दा पनि जहााको त्यहीा छ । यसको सबै जिम्मा फास्ट ट्य्राक भन्ने दलहरुले लिनुपर्छ । संविधान जारी गर्ने प्रक्रियालाई सत्तामा जाने भर्‍याङ बनाउनेहरुले पन्छिन मिल्दैन । सबैले हुन्छ भनेपछि मैले मात्र केगर्ने ? संविधान जारी गरें । स्मरणीय छ, त्यतिबेला संवाद समितिमा डा.बाबुराम भट्टराई र सभामुख थिए सुवास नेम्वाङ । प्रधानमन्त्री हुनुथियो केपी अ‍ोलीलाई ।
डा.यादवले हिमाल, पहाड र तराईमा बस्ने जनतालाई लडाउने व्यक्ति राष्ट्रवादी हुन सक्दैन भन्दै ढोंगी राजनीति चलिरहेको गुनासो समेत गरे । तर डा.रामवरण यादवले देशका संक्रमणको निकास दिदैन भन्ने थाहा पाएर पनि संविधान जारी गर्न दिदैनन् कि भनेर किन दगुरादगुर गरेर गए, पदलोलुप बनेर किन जनताप्रति, देशप्रति गद्धारी गरे भन्ने प्रश्नको जवाफ भने दिएनन् ।
बिग्रेपछि दोष पन्छाउन सजिलो छ, देशको राष्ट्रपति भइसकेको व्यक्तिले अराजकता र अस्थिरताबारे अरुलाई दोष दिएर उम्किन पाइन्छ र ? जिम्मेवारी लिनुपर्दैन ?