Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

यस्तो पो डाक्टरी

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले मधेमेह पीडितहरुको निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । यस्तो पो डाक्टर ?
डाक्टरहरु कसरी बढी पैसा कमाउन सकिन्छ भनेर प्रतिस्पर्धा गरिरहेको यति नै बेला अधिकारीले गरेको घोषण देशका तमाम डाक्टरहरुका लागि प्रेरणा हुनुपर्छ । ताकि पैसा हुनेले जसरी पनि उपचार गरुन्, पैसा नहुनेका लागि डाक्टरले मानव सेवा गर्न सकुन् । त्यसै पनि डाक्टरी पेशा ईश्वरका बरदानका रुपमा रहेका हुन्छन्, तिनले मानव सेवा गर्ने भनेर सपथ खाएका पनि हुन्छन्, तर सपथ खाएअनुसारको आचार र आचरण आजकल डाक्टरहरुमा कमी हुादै गएको छ ।
यी डाक्टरले मानव सेवा आश्रम पनि खोलेका छन् र अनेक सडकमा पुगेका, मानसिक रोगी, असक्त, असहायहरुलाई सडकबाट उठाएर मानवसेवा आश्रमले उपचार, मनोविमर्श सेवा दिदै आएको छ । धन्यवाद डाक्टर अधिकारी ।