Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

माधव नेपाल पनि यस्ता

०२ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

    झापा विद्रोही नेता राधाकृष्ण मैनालीले नलेखिएको इतिहास आत्मबृतान्त प्रकाशन गरेका छन् । यो पुस्तक उनीजस्तै अस्थिर चरित्रको भनेर टिप्पणी सुरु भएको छ । पुस्तकमा राजाको मन्त्री हुनु गल्ती भनेर वान्ता गरेका छन्, माओवादी केन्द्र प्रवेश र एमाले पुनरागमनमा आफूलाई जोख्ने र सही साबित गर्ने असफल प्रयास पनि देखिन्छ । पुस्तकका सम्बन्धमा डा.सुरेन्द्र केसीको एउटै टिप्पणी काफी छ– कम्युनिष्ट नेताहरु किन पटक पटक गल्ती गर्छन् ?
    पुस्तकको एउटै विषय महत्वपूर्ण छ, त्यो हो माधवकुमार नेपालको मुखुण्डो खोलिदिनु । पुस्तकमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको भारतभक्ति र लेण्डुप दोर्जी बन्ने मानसिकताको नराम्ररी उत्खनन् गरिदिएको छ । र, ०४६ सालको आन्दोलन चर्किरहदा भएको पार्टी बैठकमा माधव नेपालले भारतीय सेना भित्र्याउँ भनेर राखेको प्रस्ताव र मदन भण्डारीको अस्वीकार पुस्तकमा लेखिनु र त्यसको  ४ वर्षभित्रै तत्कालीन महासचिव मदन भण्डारीको हत्या हुनुप्रति शंका उब्जाइएको देखिन्छ । मदन भण्डारीको हत्यापछि लामो समय माधव नेपाल पार्टी महासचिव बनेका थिए ।
    पुस्तकअनुसार आन्दोलन चकिरहेको थियो र पार्टीको बैठकमा माधव नेपालले भारतले सैनिक सहयोग गर्ने प्रस्ताव ल्याएका थिए । मदन भण्डारीले हतियारमात्रै कि हतियार चलाउने व्यक्ति पनि भनेर प्रश्न गर्दा, माधव नेपालले दुबै ल्याउन सकिन्छ । यी अंशका साक्षीहरु सिपी मैनालीदेखि अनेक नेताहरु आज पनि जिउँदैछन् । 
एमालेभित्र मदन भण्डारीसहितको ०४६ सालको त्यो बैठकको विश्लेषण गर्‍यो भने एमालेभित्र कस्ता कस्ता भारतवादी रहेछन्, प्रष्ट हुने पर्दा राधाकृष्ण मैनालीले खोलिदिएका छन् ।  हेरौं, नलेखिएको इतिहासले अरु कुन कुन र कसकसका मुखुण्डो उतार्ने हो ? र, माधव नेपालले मैनालीमाथि कसरी पलटबार गर्ने हुन् ?