Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

निर्वाचन नभए दुर्घटना हुन्छ

०२ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

काठमाडौं । डलरसँग धर्मनिरपेक्षता साटियो भनेर निकै कुर्लिएका शेखर कोइराला आजकल कुर्लिन छाडेर राष्ट्रिय संकट समाधान गर्न र कांग्रेसको संगठन मजबुत पार्ने अभियानमा जिल्ला जिल्ला घुमिरहेका छन् । यसै सिलसिलामा दाङ पुगेका कोइरालाले निर्वाचनको तोड र राजनीतिक दलहरुको जोड जरुरी देखेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले फेरि पनि भनेका छन्– निर्वाचनमा जानुपर्छ, अन्यथा देश राजनीतिक दुर्घटनामा पर्छ । राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गर्नुको कुनै विकल्प छैन । २०७४ साल माघ ७ गतेभित्र तिनै तहको निर्वाचन गर्नु संवैधानिक बाध्यता छ । सरकारमा बसेका दलहरु यो जडी र जरुरी कुरा बुझ्नुपर्छ ।
निर्वाचनका लागि एमाले र मधेस केन्द्रित दलहरुलाई कांग्रेसले एक ठाउँमा उभ्याउन सक्छ । कांग्रेसले यसको पहल गर्न अवेर गर्नैहुन्न ।
गणतन्त्रमा गयौं, गणतन्त्र सुरक्षित छैन । गणतन्त्र संस्थागत गर्न समेत नेतृत्व तहमा परिपक्वपन आउन जरुरी छ । तवमात्र संघीयतासहितको गणतन्त्र बलियो हुनसक्छ । कोइरालाको चिन्ता छ : संवैधानिक दुर्घटना भयो भने जे पनि हुनसक्छ । त्यसो त यिनै कोइरालाले राजनीतिक लथालिङ्ग चालामाला देखेर राजधानीबाटै भनेका थिए– सफ्ट कू हुनसक्छ, नकार्न सकिदैन ।