Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

के भने मोहनचन्द्र अधिकारीले ?

०२ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

– देश विखण्डनको संघारमा पुगेको छ र हाम्रो अस्तित्व मेटिन आाटेको छ । देशको रक्षाको निम्ति र सनातन धर्मको संरक्षणका निम्ति हामी एकजुट हुनुपर्छ ।
– नेताहरु पश्चिमा मुलुकको इशारामा चलिरहेका छन् । पश्चिमा दर्शन र द्वन्द्वात्मक भौतिकवादले मात्रै गाइड गर्दा देश नरहने स्थिति पैदा भएको छ । राष्ट्र जोगाउने हो भने आफ्नो संस्कृति र परम्परालाई बिर्सिनु हुादैन ।
– ९४ प्रतिशत हिन्दूको राज्य हो । त्यसैले हिन्दू राज्य पुनस्र्थापना हुनुपर्छ । यदि लोकतन्त्र मान्ने हो भने ९४ प्रतिशतले मानेको हिन्दू धर्म स्थापित हुनुपर्छ ।
– पश्चिमा मुलुकको लहैलहैमा लागेर केही साथीहरु राष्ट्र विखण्डन गर्न तम्सिएका छन् । फलस्वरुप तराई, हिमाल, पहाड बलेको छ । नाम लिएर भन्नुपर्दा यसका निम्ति सबैभन्दा बढी प्रचण्ड दोषी छन् ।
– मैले ०५२ सालमै प्रचण्डलाई हतियार उठाउनुपर्ने आवश्यकता छैन भनेको थिएा । मनन गर्नुभएन । कत्लेआमको बाटो लिनुभो । जुन सर्वथा अनुचित थियो ।
– नेताहरुले पैसा कमाउने अखडा बनाउनुभो राजनीतिलाई । प्रचण्ड मात्रै नभएर साथीहरु भ्रष्टाचारी हुनुभो । मेरो पार्टी एमालेका हिजोसम्म भात खान नपाउने साथीहरु आज आलिसान महलमा बस्नुहुन्छ । त्यो पैसा कहााबाट आयो ?
– प्रचण्ड कामरेडले धर्मर्िनरपेक्षता ल्याउनुभो, जातीय विखण्डन गराउनुभो । देशलाई हर तरहले खण्डित गराउदै हुनुहुन्छ । जातीयता र धर्मर्िनरपेक्षताका कुराहरु उठाएर नेपालको एकतालाई नराम्ररी विथोल्नुभएको छ ।
– एउटा वामपन्थीको आाखाबाट हेर्दा अहिले आएको संविधान अवर्गीय छ । यो जातीयताको भावनाले ओतप्रोत छ । काम १६ औं शताब्दीको भयो ?
– देशमा जति पनि समस्या उब्जेको छ, त्यो अहिलेको संविधानले नै ल्याएको हो । यो संविधानलाई हामी स्वीकार्न सक्दैनौं । केही धनलोलुप र पद लोलुपलाई टेवा दिने काम मात्र संविधानले गरेको छ ।
– जतिबेला मैले झापामा हतियार उठाएको थिएा, त्यतिबेला देशमा पञ्चायती निरंकुशता थियो । हतियारको जवाफ हतियारले दिनुपर्ने अवस्था थियो । तर माओवादीले हतियार उठाउादा त्यस्तो केही थिएन । तर हतियारयुद्ध गरेर देश ध्वस्त पार्नुभो ।
– प्रचण्डले आफ्ना सबै राजनीतिक सिद्दान्तलाई धोति लगाउादै व्यक्तिगत पुाजी एकठ्ठा गर्नुभयो । अहिलेका राजनीतिज्ञमा सबैभन्दा धन कमाउने प्रचण्ड नै हुनुहुन्छ । उहााले आफूले कमाएको धनको फस्र्यौट दिनुपर्छ ।
– प्रचण्ड कामरेड आज ठूलो सुरक्षा घेराभित्र कैद हुनुपरेको छ । उहाालाईर् तागत छ भने हामीजस्तै खुला भएर हिाडेर देखाउनुस् । हान्न त हामीले पनि हानेका हौं, तर खुल्लै हिाडिरहेका छौं । वाइसिएल लिएर हिाडेका छैनौं ।
– विगतमा मधेसी पार्टीहरुको दबावमा ३५ लाख भारतीयहरुलाई नागरिकता बााड्ने काम भयो । म त्यसको घोर विरोधी थिएा । पैसामा बिकेर दुईजनाले सही गर्नेर्िवत्तिकै नागरिकता पाइन्थ्यो । ती सबै नागरिकता खारेज हुनुपर्छ ।