Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कमल थापाको प्रस्ताव राजतन्त्र नै

०२ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

धर्मनिरपेक्षता र गणतन्त्र बोकेको राप्रपा र हिन्दूराष्ट्रसहितको संवैधानिक राजतन्त्रको सिद्धान्तमा उभिएको राप्रपा नेपालवीचको एकीकरण आफैमा विवादित छ । दुबै पक्षको विश्वास छ : महाभिवेशनले नीति, सिद्धान्त तय गर्ने छ र एकीकृत राप्रपालाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित गरिनेछ । विवाद हुनेछ, विवाद हुनु पनि पर्छ । विवादबाट पार्टी सहमतिमा उठ्नु
पर्छ । गणतन्त्रमा एकीकृत दुबै नेतृत्व तहमा सहमति नै छ, त्यो सहमति अरु मजबुत हुनेछ ।
हेर्नुछ, राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो सिद्धान्तलाई महाधिवेशनको बलमा कति चम्काउन सक्नेहुन् । कारण के पनि छ भने ७५ जिल्लाबाट आएका प्रतिनिधिहरुले कमल थापालाई नै अध्यक्ष चुन्ने स्थिति विकास भइसकेको छ । यसकारण संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको सिद्धान्त अधिवशेनबाट अनुमोदित भएर राप्रपा अघि बढ्ने विश्वास गरिएको छ ।