Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

किन खुलेन मितेरीपुल नाका ?

२४ सोमबार , माघ २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ- 
    कोदारी राजमार्ग नेपाल चीन सम्बन्धको पहिलो बलियो राजमार्ग पनि हो । भूकम्पपछि यो राजमार्ग बन्द छ, सीमा क्षेत्रका जनताले चीनसँग निकै रोइकराई गरेपछि चीनले नेपाल सरकारले भन्छ भने नाका खोल्न, राजमार्ग पुन: सञ्चालनमा ल्याउन सकिने संकेत दियो । तर, किन हो सरकार निर्णय लिन सकिरहेको छैन ।
    किन सरकार कोदारी राजमार्गप्रति नकारात्मक छ ? कतै भारतको दबाबले प्रचण्ड सरकारले यो नाका खोल्न नचाहेको त होइन ? अन्यथा राजधानी पूर्वको लाइफ लाइनका रुपमा रहेको कोदारी राजमार्ग र मितेरी पुलबाट हुने नेपाल चीनवीचको व्यापार सहज र सरल तरिकाले सञ्चालन गर्न किन चासो नदिएको ?
    नेपालले अनेक पहाडी, हिमाली राजमार्गको योजना अघि सारेको छ । चीनले कसलाई पहुँच दिने र कसलाई नाका खोल्न अनुमति नदिने ? भन्ने केही भनेको छैन । कोदारी राजमार्ग र मितेरी पुल नाका पहिले देखिकै नाका हो र यो नाका खोल्न चीनलाई कुनै गाह्रो साह्रो देखिदैन । नेपाल सरकार नै यो नाका बन्द गराएर अन्य नाका खोल्न चीनलाई दबाब दिइरहेको अनुमान आशंका गर्न थालिएको छ ।
    सरकारले चीन जोड्ने १३नाकामध्ये गल्छी–रसुवागढी, सिमिकोट–हिल्सा, जोमसोम–कोराला र खाँदबारी–किमाथांका सडकलाई ठूलो महत्व दिएको छ । दिनुपर्छ । तातोपानी नाकाबारेमा सरकारले भूकम्पग्रस्त केही भाग मरमत गरेर खोल्न किन ध्यान नदिएको हो, यस क्षेत्रका जनताले पटक पटक सरकारको ध्यानाकर्षण गर्दा पनि कानमा तेल हालेर बसेको देखिन्छ । यो चाहिं सरकारको गलत नीति हो ।
    अहिले सरकारले ताप्लेजुङ–ओलाङचुङगोला, लामाबगर–लाप्चिरोड, वेनीघाट–लार्केभन्ज्याङ, गुम्दा चुम्चेट–सिर्दिबास, मिर्मा–तिन्ने–धो दुनै, गम्गढी–न्याक्चे–लग्ना, चैनपुर–उराई, दार्चुला—तिन्का सडकलाई चीन पहुँचमार्गको रुपमा निर्माण गरिरहेको देखिन्छ । यी सबै नाकामा चीनले सहज पहुँच दिन्छ दिन्न र यिनै राजमार्गबाट कूटनीतिक सम्बन्ध बिस्तार सम्भव छ छैन, त्यसबारे बहस र चिन्तन होला । मितेरी पुल नाका, पुरानो व्यापारिक नाका हो र यही नाका राजस्व उठ्तीको प्रमुख नाका पनि थियो । यस्तो महत्वपूर्ण नाकालाई महत्वहीन गर्नु उचित हो र ?