Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

संसद कुस्ती खेल्ने ठाउँ भयो

०४ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले संसद कुस्ती खेल्ने ठाउँ बन्यो, यस्तो व्यवस्थाले देशको उन्नति हुँदैन भन्ने ठोकुवा गरेका छन्। बिजुक्छे भन्छन्– संसदीय व्यवस्था झगडा गर्ने थलो हो। झगडा गर्ने थलोजस्तो व्यवस्था परिवर्तन गर्नुपर्छ। बहुमत र अल्पमतको खेलले मुलुक बर्बाद भइसक्यो। नेपालमा संसदीय व्यवस्था उपयुक्त छैन। यही कारणले संविधान बन्न नसकेको हो। देशको हित र संविधान चाहिन्छ भने यो व्यवस्था फेरिनै पर्छ। बुटवल पुगेका बिजुक्छेले ठूला दलहरु
जनता र देशको अपेक्षा सुनेनन्, उनीहरु पक्षमा छैनन् भन्ने निष्कर्ष सुनाएका छन्। बिजुक्छेको निष्कर्ष छ– भारतको इशारामा चल्ने नेताले राष्ट्रियतालाई जोखिममा पारे। हुन पनि आकाशवाणीबाटमात्र नेपालको राजनीति निर्देशित हुनेगर्छ। अहिले पनि ठूला दल, सार्वभौम संविधानसभाका मूलनाइकेहरु दिल्लीतिरै फर्केर बसेका छन्। दिल्लीको आदेशमा चल्ने दलहरुले नेपाललाई कसरी स्वतन्त्र र स्वाधीन रुपमा संस्थागत गर्न सक्लान्। निश्चय नै दिल्लीमा भएको १२ बुँदे सहमति नेपालका लागि महगो भयो।