मोदी डक्ट्रिन भनेर भारतको नेपाल नीतिको चर्चा हुनथालेको छ । यथार्थमा भारत नेपालमा हस्तक्षेप गरिरहेछ कि नेपालको पकड बलियो बनाउन कूटनीतिक चक्रव्यूह तैयार गरिरहेछ, यसबारेमा मतान्तर छ ।
भन्नका लागि ओली सरकार फाल्न र चीन भारत सम्झौता गर्न भारत सफल हुनु नै मोदी डक्ट्रिन हो, अव मोदीको योजना नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र फर्काउने हुनसक्ने आाकलनहरु पनि भइरहेका छन् । यद्यपि नेपालमा मोदीको आलोचना जारीछ ।
खासगरी नेपाललाई नाकाबन्दी लगाउने मोदीको नीति गलत थियो र जनस्तरमा यही मुद्दाले मोदीप्रति घृणाभाव बढेर गएको देखिन्छ । उता भारतका बुद्धिजीवीहरु
आयो मोदी डक्ट्रिन: ‘ओलीलाई बिस्थापित गर्न‘ मोदीको सफलता’, चीनसागको सम्झौता खतरा जिन्दल स्कूल अफ इन्टरनेशनल अफेयर्सका प्राध्यापक तथा डिन श्रीराम चाउलियाले ‘मोदी डक्ट्रिन : द फोरेन पोलिसी अफ इण्डियाज् प्राइम मिनिष्टर’ नामक पुस्तकमा मोदीको नेपालनीति असफल भन्ने निष्कर्ष देखिन्छ । यही पुस्तकमा मोदीको नेपाल भ्रमणबाट मोदीको ख्याति बढेको र त्यसपछिका मोदीका क्रियाकलापले मोदीको ख्याति धुलिसात भएको पढ्न पाइन्छ ।
अजित डोभल मोदीका सुरक्षा सल्लाहकार हुन् । उनी पाकिस्तान र नेपाल विज्ञ मानिन्छन् र हरेक कुरा सैनिक दृष्टिकोणबाट हेर्ने गरेका छन् । उनका छोरा सौर्य डोभलले थिंकटेंकका रुपमा इण्डिया फाउण्डेशन चलाइरहेका छन् । उनले मोदीको प्रशंसा गर्दै पुस्तकमा सार्क र छिमेकीलाई प्राथमिकतामा राखी सबै सार्क देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथग्रहण समारोहमा बोलाएको, भ्रमणको शुरुवात भुटान र नेपालबाट गरेको उल्लेख गर्दै नेपाललाई महत्व दिएको लेखेका छन् ।


