ढिला भयो तर सही भयो । मधेसमा १ सय ८ थरिका सशस्त्र समूह छन् जो कानुनलाई मिचिरहेका छन्, संविधान त मधेसले मानेकै छैन, संविधानमा आगो लगाउनु मधेसी संसदवादी नै अगाडि छ, सशस्त्र किन पछि पथ्र्यो र ? मधेसमा राष्ट्रिय अखण्डता र एकता प्रति खतरा भएको संकेतहरु पाएपछि नेपाली सेना सतर्क भएको छ । सेनाले मधेसलाई नजिकबाट नियाल्नका लागि थप सैनिक उपस्थिति आवश्यक ठान्यो र सैनिक परिचालन गर्न सुरु गर्यो ।
नेपाली सेनाले थप पृतना–व्यारेक थप्ने निर्णय गरेपछि सरकारले अनुमति दिनै पर्यो, दियो । नेपाली सेना मधेसका विभिन्न ठाउामा ब्यारेक स्थापनाको गृहकार्यमा जुटिसकेका खबर आएका छन् । नेपाली सेना सतर्क रहेछ ।
नेपाली सेनामात्र त्यस्तो संस्था हो, जहाा राजनीतिक भागबण्डा चल्दैन, राजनीतिकरणले रंगिएको छैन । सेना संविधानले निर्दिष्ट गरेको सीमामा छ, काम गरिरहेको छ । सेनाले राजनीतिक चस्का लिएको पनि छैन, राजनीतिप्रति चासो राखेको पनि देखिदैन । मात्र सेनाले सम्पूर्ण सूचनाहरु लिने, विश्लेषण गर्ने र सेनाले गर्नुपर्ने आफ्नो कर्तव्य र दायित्वको निर्वाहका लागि तैयारी गर्ने हो । यतिबेला मधेसमा ब्यारके थप्नु अर्थपूर्ण छ र त्यो अर्थ राष्ट्रिय हितमा छ भन्ने रक्षाविदहरुको धारणा देखिन्छ ।
मधेसमा सैनिक व्यारेक यस्तो बेलामा थपिएको छ, जतिबेला मधेसमा बिखण्डनवादीले टाउको उठाउने हिम्मत गरेको छ । नेपाली नागरिकता बोकेर नेपाल आमालाई बेश्या भनेर आरोप लगाउने नालायक, कूसन्तानहरु मधेसमा उफ्रिन थालेका छन् र त्यसता कूतत्वलाई सरकारले संरक्षण गरेको छ । यो तत्व भारतीय तत्व नहुनसक्छ किनभने मधेस टुक्य्राउादा भारत त्यो सरुवा रोग लागेर कति टुक्रामा बिभाजित होला । भारतको हित नेपालको एकता र एकीकृत राष्ट्रियतामा मात्र छ । नेपाल सग्लो हुनु, सक्षम हुनु भनेको भारतको हितमा छ भन्ने कुरा भारतले राम्ररी बुझेको छ । तर पश्चिमा शक्तिहरुले नेपाललाई टुक्य्राएर भारतमा त्यो महामारी सल्काउन सक्छन्, खोजिरहेका छन् ।
त्यो भारतले बुझ्ने कुरा हो । नेपालले यति बुझ्नुपर्छ कि नेपालमा असंवैधानिक, सशस्त्र र नेपालविरोधीलाई कुनै पनि स्थान र संरक्षण दिनुहुन्न । जसले संरक्षण गर्छ, तिनको पर्दाफास गर्नुपर्छ, मुखुण्डो उतारेर जनतालाई देखाउनुपर्छ ।
निश्चय नै, मधेसमा राष्ट्रिय सुरक्षा थ्रेट देखिएको छ । यस्तै थ्रेटलाई ध्यान दिएर जंगी अड्डाले जनरल भेला गर्यो, पृतनापतिहरुसाग छलफल चलायो र भूतपूर्व प्रधानसेनापतिहरुसाग वर्तमान प्रधानसेनापतिले गम्भिर वार्तालाप गरे । यसपछि नेपाली सेनाले मधेसमा ब्यारेक थप्ने निर्णय गरेको हो । कुनै पनि सुरक्षा थ्रेटलाई नेपाली सेनाले नजरअन्दाज गर्न सक्दैन, त्यसैको नतिजा हो यो निर्णय ।
संघीय पद्धतिमा नेपाल प्रवेश गर्दैछ । ५ विकास क्षेत्रमा रहेको पृतना कार्यालय ७ क्षेत्रमा राख्नु जरुरी पनि थियो । मधेस र राजधानीमा थपिने पृतनाले संघीय आवश्यकता र राष्ट्रिय आवश्यकता दुबै पूरा गर्ने लक्ष्य लिएको देखिन्छ । ब्यारेक थपिनु वा घटनु भन्दा पनि राष्ट्रमाथिको थ्रेट समन गर्न कञ्जुसी गर्नुहुन्न ।


