माओवादी अध्यक्ष प्रचण्ड जो आज प्रधानमन्त्री छन्, उनैले हतियार खोलाले बगायो भनेर पत्रकारकै सामु भनेका थिए । खोलाले बगाएको ती हतियार उनी प्रधानमन्त्री भएकै बेलामा पुस २७ गते जुम्लामा फेला परेका छन् ।
फेला परेका हतियार २९८५ थान रहेका छन् । यसअघि ठूलो परिमाणका गोलाबारुद रुकुम, रोल्पातिर फेला परेका थिए । शान्ति सम्झौता भएको १० वर्षपछि हतियार फेला परेका छन्, जुन अर्को रहस्यमय घटना हो भन्नुपर्छ । आउने दिनमा अरु के के फेला पर्ने हुन् ।
जुम्ला प्रहरीले पुस २७ गते विभिन्न गाउाक्षेत्रमा फेला परेका हतियार जम्मा गरेर प्रदर्शन नै गरिदिएको छ । प्रहरीका अनुसार फेला परेका हतियारहरुमा एम १६ राइफल दुई थान, एसएलआर राइफल १० थान, एसएमजी राइफल १६ थान, इन्सास राइफल दुई थान, सर्टगन आठ थान, वन बेल्ट राइफल १६ थान, मास्केट हतियार दुई थान, दुई इन्चको मोर्टार एक थान, हर्नेट सात थान, एयर गन २५ थान, जिएसटी क्यालिबर २३ थान, थ्रीनटथ्री राइफल ७३ थान, टुटु आठ थान, बाह्रबोर ७४ थान, म्याग्नम एक थान, भरूवा बन्दुक घरेलु हतियार ७ सय ८१ थान, पेस्तोल ४ सय ८४ थान, रिभल्वर १ सय १७ थान, थ्री फिप्टिन ५ थान र कटुवा पेस्तोल १ हजार ३ सय ३० थान छन् ।
१० वर्ष लामो जनयुद्धमा राज्यसाग लड्न थुपारेका हतियार अझै कति छन्, भन्न सकिन्न । संसद नमान्ने विप्लवले भनेका छन्– हतियार छ, सशस्त्र दस्ता पनि छन्, विद्रोहको तैयारी गरिदैछ, जनवाद ल्याएर छाडिन्छ । वैद्य पनि नसकी नसकी यस्तै विद्रोह ओकलिरहेका छन् । हेर्दै जानुपर्छ– आगे आगे होता है क्या ? किनभने संसदीय व्यवस्थाले संविधान जारी गर्यो, कार्यान्वयन गर्न सकेन । जनप्रतिनिधिमूलक पद्धति चलाउन सकेन ।
चलेको भनेको नेतागिरी हो । भागबण्डा हो । भ्रष्टाचार र कूशासन हो । कमिशनतन्त्र, माफियातन्त्र राजनीति होइन, ठूला दलहरु यसैलाई लोकतन्त्र भनिरहेका छन् ।
जनतामा अविश्वास र नैराश्यता व्यापक भइसक्यो । घााटीमाथि सम्म आइसक्यो, लोकतन्त्रको दमन । अव जनताले वान्ता गर्नमात्र बााकी छ । यस्तो मनपरीतन्त्रलाई जनताले सधैं स्वीकारेर बसिरहदैन । जनताले विद्रोह गर्ने दिन नगिचिदैछ ।
जनताले सहिदिएकाले ठूला दलका भागबण्डे लोकतन्त्र चलिरहेको हो । जनताले विद्रोह, हस्तक्षेपको मनस्थिति बनाउनासाथ यो नेतातन्त्र बालुवाको महल भत्केजसरी भत्किन्छ । अति गर्नु, अतिसार नगर्नु भन्ने उखान छ । ठूला दलहरुले जनता र राष्ट्रमाथि गर्नुसम्मको गद्दारी गरिरहेका छन् । जुन अव चल्न सक्दैन ।


