Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सहिदको मान कि अपमान ?

१७ सोमबार , माघ २०७३९ बर्ष अगाडि

    स्वतन्त्रता, राष्ट्रियता, संस्कृति र अस्तित्वका लाग लड्ने व्यक्ति सहिद हुन्छ । बलिदानको गरिमा र महिमा हो सहिद । अचेल ५, १० लाखमा किनबेच हुनथालेको छ सहिदको नामका लागि । पहिले दशरथ चन्द, धर्मभक्त, गंगालाल, शुक्रराज शास्त्रीलाई सहिद भनिन्थ्यो, जनयुद्धपछि ठूला पार्टीहरुले हजारौं कार्यकर्तालाई सहिद घोषणा गरिदिएका छन् । त्यसो हो भने १७९२ मा चीनको फौजसँग लडेर देश बचाउने, १८१४ मा अंग्रेजको फौजसँग लड्ने, नालापानीमा लडेका वीरविरांगना सहिद हुन् कि होइनन् ? तिनको सम्झना गर्नु पर्छ कि पर्दैन आजका शासकहरुले ?
    अमर सिंह, वलभद्र, कालु पाण्डे, भक्ति थापा, भीमसेन थापाजस्ता अनगिन्ति वीरहरु जसले अंग्रेजको तोपगोलासँग छाती बजारेर नेपालीत्वको रक्षा गरे, तिनको सम्झना गर्नु पर्दैन ? हाम्रा नेताहरु लोकनेता बनेका छन् र तिनले मानेका सहिद पार्टीका, जातका, भाषा भेगका, समुदायका व्यक्तिहरु छन् जसका परिवारलाई १० लाख दिने यिनै नेताहरु हुन् । लाखका सहिद कति छन्  कति ? देशका सहिद धेरै कम छन् र सधैं स्तुत्य रहनेछन् । तिनका परिवारले यतिबेलाका सहिदहरु देखेर के भनिरहेका होलान्, कस्तो अनुभूति होला तिनको ? लज्जा पनि लज्जित हुनेगरी सहिद घोषणा गरेका छन् दलहरुले ।
    सहिद सदैव देशका लागि लडेर मृत्यु बरण गर्ने व्यक्ति हुन्छ । जिउँदो सहिदले सदैव देशभक्तिका लागि आफूलाई न्यौछावर गर्छ । आजकल त नेता नै तीन न तेह्रका छन्, तिनले घोषणा गरेका सहिद ?