Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

किन द्वन्द्व सुरु भइरहेको छैन?

०४ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

शाश्वत शर्मा
एकथरि विश्लेषकहरु आश्चर्यचकित छन्– सत्तापक्षीय दलहरु, खासगरी कांग्रेस र एमालेवीच पनि द्वन्द्व सुरु नभएकोमा। तिनको विचारमा अहिले जुन तरिकाबाट सत्तापक्षीय मोर्चा भर्सेज एमाओवादी मोर्चाका वीचमा द्वन्द्व चर्केको छ, त्यत्तिले मात्र पुग्दैन। यो मुलुकमा भाँडभैलो र अराजकता अझै चर्काई आफ्नो स्वार्थ पूरा गर्नका लागि 'विदेशी मित्र'हरु अझ दक्षिणको छिमेकीले सत्तापक्षीयहरु वीचमा पनि द्वन्द्व चर्काउनै पर्छ। अव संविधान, शान्ति, स्थिरता, विकास आदिका कुरा छाडौं, मुलुककै अस्तित्वमा प्रश्नचिन्ह लाग्ने अवस्था छ– ती विश्लेषक भन्छन्। राजतन्त्र समाप्त भइसकेपछि पनि गणतान्त्रिक संविधान निर्माण हुन सकेन, बुझ्नोस् त्यही समयदेखि यो मुलुकमा अराजकता निम्त्याउने खेल बढेर गएको हो। हुन पनि विदेशी कूटनीतिक नियोगहरु एकातिर सक्रिय छन् भने अर्कातिर संविधान निर्माणका लागि पनि पहिला राज्यका अंगहरुमा हुने नियुक्तिमा भागबण्डाको कुरा तेस्याइँदै छ। पर्यवेक्षकहरु भन्छन्– चैत, वैशाखदेखि कांग्रेस र एमालेकै वीचमा सत्ताको नेतृत्वका लागि 'मारामार' गराइने छ। भन्नका लागि त, संविधान निर्माण नभएसम्म कुनै पनि हालतमा सत्ताको नेतृत्व कसले गर्ने भन्ने कुरा 'नउठाउने' सहमति गरिएको छ सत्तापक्षीय दलहरुभित्र। तर के गर्ने? विपक्षी मोर्चाको त कुरै छाडौं, स्वयम् सत्तापक्षीयदलहरु भित्रै पनि चैत, वैशाखतिर सुशील कोइरालालाई 'घर पठाउने' चर्चाको हावा चलिसक्यो। त्यसैका लागि अहिलेदेखि नै सत्ता पक्षीय मोर्चामा फूट ल्याएर सत्ताको नेतृत्का लागि दुवैपक्ष  (कांग्रेस र एमाले) का वीचमा हानाथाप गराउने धरातल निर्माण गरिदैछ। यस 'काम'का लागि सत्ताका 'भोका' तर अहिलेसम्म विपक्षी मोर्चामा रहेका स–साना दलहरुलाई पनि 'सहमति'मा ल्याइनेछ। अझ 'प्रक्रिया' बाटै संविधान निर्माण गरेर देशलाई स्थिरता दिन उन्मुख कांग्रेस, एमालेवीचमा यसकारण पनि 'झगडा' नलगाई भएको छैन, कुत्सित अभिष्ठ बोकेका स्वदेशी र विदेशीहरुलाई। यी भनाईमा दम छ वा छैन? एक दुई महिनाभित्रै सबै यथार्थ थाहा हुनेछ।
विपक्षी मोर्चामा रहेका विजयकुमार गच्छदारको वर्तमान 'क्रियाकलाप' अनि सत्तारुढ दलभित्रै पनि एमओवादी र उसको मोर्चासँग गरिने व्यवहारमा आएको भिन्नताले गर्दा 'केही समय' लागेता पनि सत्तारुढ कांग्रेस, एमालेका वीचमा 'तुष' पलाउने आशंका चैं गर्न सकिन्छ। अझ सत्ताका लागि समीकरण परिवर्तन हुनसक्ने भनेर भविष्यवाणी गर्ने पनि यहाँ धेरै छन्। फेरि घोषणा गरिएको (गत) माघ ८ गते सम्म पनि मस्यौदा समेत नआउनुले पनि कहीं न कहीं कुनै न कुनै रुपमा संविधानको निर्माणमा बाधा र तगाराहरु तेर्स्याउनेहरुले नयाँ दाउ खेल्न थालिसके भनेर यसै पनि अनुमान गर्न गाह्रो छैन। फेरि पनि भनौं, यदि सर्वमान्य गणतान्त्रिक संविधान बन्नु नै थियो भने पहिलो संविधानसभा जो असफल पारेर बिघटन गरियो, त्यसैले निर्माण गरिसक्थ्यो। यसकारण बुझे हुन्छ, यहाँ चौतर्फी द्वन्द्व सुरु गराइदिएर सबै खालेले आ–आफ्ना अभिष्ठ पूरा गर्न खोजिरहेका छन्। लक्ष्य 'सबैको' एउटै हो गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता। अरु भनेका प्राविधिक समस्यामात्र हुन्। तैपनि साना साना समस्याहरुलाई उचालेर विकराल बनाईदिएर किन संविधान निर्माणमा गतिरोध ल्याइँदैछ? प्रष्ट छ, यहाँ संविधान बन्न दिनु नै छैन। केही बुद्धिजीवीहरु जो संविधान निर्माणको जस लिन र संविधान निर्माण भइसकेपछिको व्यक्तिगत र पार्टीगत हैसियतको टुङ्गो लगाउनका लागि यतिबिघ्न 'मोलतोल' भइरहेको हो भनेर विद्वता छाँट्छन्। तर यो प्रमुख कारण होइन। प्रमुख कारण हो– हिजो राजतन्त्रलाई विस्थापन गरेर नेपालको स्वतन्त्र अस्तित्व माथि निर्वाध खेल्न पाइरहेको शक्तिले अव देखिएका यी दलहरुलाई असफल र असक्षम शिद्ध गरेर अझ बढ्ता खेल्ने मौकाको वातावरण बनाउनु नै हो। यसैका लागि यहाँ द्वन्द्व चर्काइदैछ। यसकारण पनि सत्तारुढभित्रै द्वन्द्व चर्किन सक्छ।