८ वर्षदेखि सहमतिको राजनीति भयो । यो व्यवस्था पुरानो व्यवस्थामा परिणत हुन थालिरहेको छ । अब यो व्यवस्था नै रहादैन । अब यसमा आमूल परिवर्तन हुन्छ । ०४७ सालकै संविधान आउने सम्भावना देखिराखेको छु । मोदीले के भेनेका छन् भने १७ वर्षसम्म भारतको नेपालप्रतिको जुन नीति थियो, त्यसमा म संशोधन गर्छु । योभन्दा पहिले नेपालमा भऽगोल थियो, भऽगोलै गराएको हो । भारतले १२ बुादे सम्झौता गराउादा अमेरिका र अन्य राष्ट्रहरुको पनि समर्थन लिएको थियो । भारतको एजेन्डा गणतन्त्रमात्रै थियो, पश्चिमाहरुले धर्म निरपेक्ष पनि राख्नुपर्छ भने । संघीयता पनि थप्न लगाए । भारतको मूल चाहना के थियो भने राजतन्त्र जाओस्, त्यसपछि देखा जाएगा । यो ८–९ वर्ष अगाडिको कुरा हो, अब अन्तरराष्ट्रिय स्थितिमा धेरै फेरबदल आइसकेको छ, अब भारतले नेपालबारे समर्थन जुटाउनका निम्ति पश्चिमा मुलुकको अनुहार हेर्दैन । उसले चीनलाई हेर्छ । चीन जब ल्याटिन अमेरिका पुग्छ, अफ्रिका पुग्छ भने उसले नेपाललाई छाड्छ ? कुनै हालतमा छाड्दैन ।
अन्तरराष्ट्रिय स्थिति नै भत्किन थालिसकेको छ । नेपाल एकदम कमजोर छ । फेलियर स्टेट हुन लागिसक्यो । ८ वर्ष अगाडि नेपालको राजनीतिमा चीन काहिा थिएन । आज चीन सर्वत्र छ । लेखेर राख्नोस् परिवर्तन आउाछ । – प्रकाश कोइराला


