Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पाण्डेको रहस्योद्घाटन

१० सोमबार , माघ २०७३९ बर्ष अगाडि

    पूर्व उद्योगमन्त्री तथा एमाले नेता सोमप्रसाद पाण्डेले मन्त्री हुँदा खोल्न नसकेको गोप्यता भक्तपुर पुगेर पत्रकारका सामु यसरी खोलेका छन्–
    नेपालमा पेट्रोलियमको खानी छ, विदेशीले दबाब दिएर उत्खनन गर्नै दिएनन् । विदेशीकै हस्तक्षेपका कारण उत्खनन कार्य ओझेलमा पर्‍यो । नेपालमका केही जिल्लामा पेट्रोलियमको राम्रो सम्भाबना छ, अन्य खनिज पनि छन् तर परनिर्भर बनाइराख्न छिमेकीले दबाब दिन्छ र उत्खनन गर्न रोकिन्छ ।
    कुन भयले हो, सिधै भारतले भन्न सकेनन् सांसद सोम पाण्डेले । घुमाएर भए पनि उनले भारततिर संकेत गरे । भारतकै दबाबका कारण नेपालमा पेट्रोलियम पदार्थलगायतका उत्खनन् हुन नसकेको र नेपाललाई परावलम्बी बनाइएको उनको दावी रहेको छ ।