प्रधानमन्त्री अझै एमालेलाई तर्साएर संविधान संशोधन गर्न सकिन्छ कि भनेर २०१७ सालको हाउगुजी देखाउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्रीले भनेका छन्– निर्वाचन हुन सकेन भने २०१७ सालको भन्दा पनि भयानक दुर्घटनातिर जानसक्छ, मुलुक अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ । बिखण्डनकारी र प्रतिगामीसँग मधेसी, पहाडी र हिमाली सबै एक भएर जुध्नुको विकल्प छैन । यिनै प्रधानमन्त्रीले संशोधन विरोधी एमालेलाई मधेसबाट लखेट्न अर्को कार्यक्रममा उक्साउन पछि परेनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन भएन भने संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लगायतका कुनै पनि उपलव्धि बच्दैनन्, सबै धरापमा पर्छन् भन्दै सबै दललाई निर्वाचनप्रति जिम्मेवार हुन भनेका छन् ।


