Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गोलमेच गर भन्दै मेची–काली अभियान

०३ आइतबार , फाल्गुण २०७१११ बर्ष अगाडि

नेकपा–माओवादीले राजनीतिक सम्मेलनबाट संविधान निर्माण गर्ने वातावरण बनाउनका लागि मेची–महाकाली राष्ट्रिय अभियान थालेको छ। आफ्नो संगठन मजबुत पार्ने, जनप्रतिरोधको वातावरण निर्माण गर्दै समाजविरोधीहरुमाथि जनकारवाही गर्दै जाने नीति बैद्य माओवादीले लिएको छ। जनयुद्धका सहयात्रीहरुले बाटो बिराए भनेर एमाओवादी र विप्लवमाथि संकेत गर्दै सही बाटोमा फर्काउने प्रयास जारी राख्दै जनता, बेपत्ता र शहीदप्रति गद्धारी नगर्न आग्रह गरिरहेको अभियानमा खटिएका शीर्ष बैद्यवादीहरु भन्छन्। जनयुद्धबाट प्राप्त उपलव्धि समाप्त हुने खतरा बढ्दै गएको छ, वैचारिक विचलन प्रष्टै देखिएको छ, यसविरुद्ध लड्न र अघि बढ्नुपर्छ, वैद्यवादी भनिरहेका छन्।
तर वैद्य समूहकी नेतृ पम्फा भुसाल एमाओवादीसँग हिमचिम बढाउँदै गएको देखिन्छ। स्रोतहरु भन्छन्: उनी पार्टी एकीकरण हुनुपर्छ र एकीकरणबाट नै शक्तिशाली हुने बताउँछिन्। यति ज्ञानी कुरा गर्ने पम्फाहरुको बुद्धि टुक्रिने र छुट्टिने बेलामा कुन दूतावासभित्र लुक्न गएको थियो? यस्तो प्रश्न पनि उठेको छ।