जनयुद्धका सहयोगी हेमन्तप्रकाश वली सुदर्शनले प्रचण्डको छातीमै सुदर्शनचक्र हान्ने दावी गरेका छन् । यी वली भन्छन्– प्रचण्ड भ्रष्ट हुन्, अनैतिक हुन्, हिटलर बन्न खोजेका छन् । यस्ता प्रचण्डलाई जनअदालतमा उभ्याउँछु ।
जाजरकोटबाट वलीले यस्तो चेतावनी दिएका हुन् । राजनीतिक बृत्तमा कुनै तरङ्ग नदेखिए पनि माओवादी कित्ताहरुमा सुदर्शनचक्रको मारले सनसनी फैलिएको छ । वली भन्छन्– प्रचण्ड पुरानो सत्ताको मालिक, सामन्त बनेका छन् । माओवादी पुरानो सत्ताविरुद्ध क्रान्ति गर्न लागेकोले प्रचण्डलाई जनअदालतमा उभ्याउनै पर्नेभो । वलीले डा.बाबुरामको नयाँशक्ति नभएर पुरानै शक्ति भएको दावी गरेका छन् । वली माओवादपंक्तिले संसदीय व्यवस्था अन्त्य गर्ने कसम खाएको छ ।


